• टोखा टाइम्स

    • प्रकाशित मिति:३ मंसिर २०८०, आईतवार


    बिज्ञापन

    यःमरि तुच्चा एवं शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

    टोखा टाइम्स, काठमाडौं । टोखा परम्परागत चाकु संरक्षण समाजले यःमरि तुच्चा एवं शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

    शनिबार टोखाको क्वने लाछीमा एक कार्यक्रमको आयोजना गरी नेपाल संवत ११४४ नयाँ वर्ष तथा छठ पर्वको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

    टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको अध्यक्षतामा टोखा नगरपालिका कार्यवहाक मेयर तथा उप मेयर मुरारी तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ठअतिथि टोखा नगरपालिका २ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ टोखा नगरपालिका ३ का वडाध्यक्ष रमेश डंगोल, लायन विश्व राम गोर्खाली( लायन्स कल्ब अफ काठमाडौ मंहाकाल 2005-2006 गभर्नर,2005-2006 P.M.C.C), लायन पार्बति खरेल (Seconded V.D.G)325D, लायन बिष्णु भाई श्रेष्ठ ( लायन्स क्ल्ब अफ काठमाडौ गोर्कणेश्वर 325- D निवर्तमान अध्यक्ष, निर्माण ब्यबसायि महासंघ अध्यक्ष ) लायन सुनिल श्रेष्ठ (लायन्स कल्ब अफ काठमाडौ ईन्द्रशरोबर 325-D डिस्त्रिक चिफ M.J.F), तथा अशोक धिताल (साना तथा घरेलु उधोग नगर संघ अध्यक्ष ) लायन सन्त लाल श्रेष्ठ ( लायन्स कल्ब अफ टोखा काठमाडौं अध्यक्ष ), राम डंगोल ( बाल प्रेमि कल्ब अध्यक्ष ) , समीर डंगोल (बाल प्रेमि कल्ब सांस्कृतिक संमयोजक), राम भक्त श्रेष्ठ (Destiny Guys अध्यक्ष ), राजिब श्रेष्ठ (टोखा युवा कल्ब अध्यक्ष ),  सूर्यमान डंगोल (टोखा नेवा: गुठि विशिष्ट उपाध्यक्ष), अतिथि:लायन डा. रबिन्द्र लाल श्रेष्ठ ( अयांश हस्पिटल अध्यक्ष), बरिष्ठ पत्रकार  कुमार रन्जितकार, समाजका सदस्यहरु, तथा विभिन्न सघंसस्थामा प्रतिनिधि लगाएतकाको सहभागीता रहेको थियो ।

    कार्यक्रममा मन्तव्य दिने वक्ताहरुले चाकुको उद्गम स्थल टोखा र चाकुलाई अन्तराष्ट्रियस्तरमा परिचित गराउन स्थानीय सरकार तथा व्यवसायीहरु एक जुट भएर दिर्घकालिन योजना बनाएर अगाडि बढ्नु पर्नेमा जोड्दिएका थिए ।

    समाजका महासचिव रामराज श्रेष्ठले सञ्चालन गरेको कार्यक्रमको उद्घाटन समाजका सल्लाहकार कासिलाल श्रेष्ठले पानसमा दीपप्रज्वलन गरी गरेका थिए । कार्यक्रममा समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति कृष्ण बहादुर  श्रेष्ठ कार्यक्रमको बारेमा जानकारी दिएका थिए । सो कार्यक्रममा श्यामकाजि श्रेष्ठ तथा मनकाजी डंगोलले आफ्ना गीत प्रस्तुत गरेका थिए । साथै विविध साँस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।

    Facebook Comments Box