काठमाडौं । बिहीबार विहमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ।
विहान १ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो। यद्यपी के कति रेक्टरको भूकम्प गएको हो विवरण आउन बाँकी छ।
अपडेट
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार विहान १:१९ बजे मकवानपुर केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।भूकम्पविद् लोकविजय अधिकारीका अनुसार मकवानपुरको चित्लाङ आसापास ४.५ रेक्टरस्केलको भूकम्प गएको हो। जसको गहिराई ३७ किलोमिटर रहेको बताइएको छ।