• टोखा टाइम्स

    • प्रकाशित मिति:७ मंसिर २०८०, बिहीबार


    बिज्ञापन
  • बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार

    काठमाडौँ । दुर्गा प्रसाईँका समर्थकले प्रहरीमाथि ढुंगामुडा हानेपछि बल्खुमा प्रहरीसँग झडप भएको छ । प्रशासनले दिएको भन्दा भिन्न स्थानतिर प्रसाईँको जुलुस जान थालेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

    प्रसाईँका समर्थकहरु बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालिमाटीतर्फ जान खोजे तर प्रहरीले रोकेको थियो । प्रदर्शनकारीहरुले प्रहरीमाथि नै ढुंगामुडा हानेपछि झडप सुरु भएको थियो । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरा समेत प्रहार गरेको छ ।

    स्थिति नियन्त्रण लिन प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । उनीहरुलाई प्रहरीले बल्खुमा नै रोकेको छ । कालिमाटीतर्फ अघि बढेको आन्दोलनकारीको गाडीलाई प्रहरीले रोकेको छ ।

    Facebook Comments Box