• टोखा टाइम्स

    • प्रकाशित मिति:७ मंसिर २०८०, बिहीबार


    बिज्ञापन
  • दुर्गा प्रसाईँ आजबाट सकिए: महेश बस्नेत

    काठमाडौँ। नेकपा (एमाले) नेता तथा राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले दुर्गा प्रसाईँको कार्यक्रम कुकुरजस्तै भएको भन्दै आफ्नो कार्यक्रम बाघ जस्तै गर्जिएको दाबी गरेका छन् । बस्नेतले भोलिबाट दुर्गालाई ठिक ठाउँमा बस्न चेतावनी समेत दिए ।

    काठमाडौँको तीनकुनेमा गरिएको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै नेता बस्नेतले कुशासनका विरुद्ध र सुशासनका पक्षमा आफूहरूले थालेको आन्दोलन नरोकिने बताए ।

    बस्नेतले आजैबाट दुर्गा प्रसाईँ समाप्त भएको घोषणा गर्दै भने, “आजबाट दुर्गा प्रसाईँ नामको अराजकता सदाका लागि समाप्त भएको छ ।” उनले प्रसाईँ बौलाएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई उपचार गर्ने व्यवस्था मिलाउन आग्रह गरे ।

    बस्नेतले प्रसाईँमाथि बैंक ठगेको र राजश्व छलेको आरोपमा गिरफ्तार गर्न समेत सरकारलाई आग्रह गरे ।

    नेता बस्नेतले दुर्गा प्रसाईँ मगज खुस्केको अपराधी भएको आरोप लगाउँदै भने, “नेपाललाई प्रयोगशाला बनाउन मगज खुस्केको अपराधी दुर्गा प्रसाईँलाई अगाडि बढाइरहेका छन् । आज दुर्गा प्रसाईँले मयुरको प्वाँख हालेर राजा घोषणा गर्ने कार्यक्रम युवा विद्यार्थीहरूले हावा खुस्काइदिनुभयो ।”

    Facebook Comments Box