• टोखा टाइम्स

    • प्रकाशित मिति:८ फाल्गुन २०७८, आईतवार


    बिज्ञापन
  • एमसीसी टेबल गरेपछि प्रचण्डले भने, ‘हामी विपक्षमा उभिन्छौं’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा एमसीसीको विपक्षमा उभिने बताएका छन् ।

    संसदमा एमसीसी टेबल भएलगत्तै अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत् पार्टी र संसदीय दल एमसीसीका विपक्षमा उभिने बताएका हुन् ।

    उनले भनेका छन्,‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’

    प्रचण्डले एमसीसी टेबल हुन नदिन विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध पनि गरेका छन् ।

    Facebook Comments Box