सुशान्त डंगोल, टोखा टाइम्स, १० मंसिर । श्रावण शुक्ल प्रतिपदादेखि कार्तिक शुक्ल पुर्णिमा चार महिनासम्म चल्ने चतुर्मास दाफा भजन संसारकै लाम्रो भजन अर्थात संगीत उत्सवको रुपमा लिन सकिन्छ । प्रत्येक साँझ दाफा भजन घरमा चार महिनासम्म अनिवार्य दाफा भजन गाउने गरिन्छ ।
श्रावण शुक्ल प्रतिपदा गुलापर्व आरम्भको दिन टोखाका पाँच वटा दाफा खलः सपनातीर्थ दाफा खलः, जोर भिमसेन दाफा खलः, चण्देश्वरी दाफा खलः, पिगंद्य सहलबु दाफा खलः, इन्द्रायणी दाफा खलः र चण्देश्वरी भजन खलःबाट एकै दिन बेलुका धौ बजी ग्रहण गरी चतुर्मास भजन सुरु गरिन्छ ।
चतुर्मास भजन गाउने बेला सुरुको दिनदेखि येँया पुन्ही (इन्द्रजात्र) को दिनसम्म बर्खे भजन गाउने अबधिमा क्वाति पुन्हीको भोलि पल्ट सापारुको दिनबाट आ-आफ्नो दाफा तथा भजन खलःबाट बिशेष दिन र चाडवाड जस्तै बुबाको मुख हेर्ने दिन कृष्ण जात्रा, येँया पुन्हीमा लाखे नाच नचाइन्छ । त्यस्तै श्री कृष्ण जन्माष्टमीमा यहाँका पुरोहित आचायजुबाट बिधिबत नित्य पूजा गरी कृष्णलाई जल राखेको भाडाबाट निकाली रथमा बिराजमान गरी रातभरी भजनकृतन गरी जाग्राम बसि भोलि पल्ट बिहान आ-आफ्नो दाफा वा भजन खलःबाट कृष्ण जात्रा निकाली ऐतिहासिक साँकृतिक नगरी परिक्रमा गराउँदा भक्तजनहरुबाट देबताको नाममा किबो जसमा चामल, गहु, धान, फलफुल आदि थालमा राखि दान दिने परम्परा रही आएको छ ।
भदौ शुक्ल एकादशीको दिनबाट येँया पुन्हीको मेलामा ऐतिहासिक नगरी भित्र रहेका पाँचवटा दाफा खलः लगायत धमलको गणेश बासुरी खलः, मालुङ्गको लसकुश बासुरी खलः र भगबती बैण्ड बाजा पनि आ-आफ्नो ठाउँबाट बासुरी बाजा बजाई बेलुका मता बिउ अर्थात बिभन्न मठमन्दिरहरु, चैते, तलेजु, चुक, फले, ल्वहहिती, तुं लगायत अन्य धार्मिक सम्पदाहरुमा दियो बाल्ने दिप यात्रामा सयौंको सख्यामा स्थानीय भेषभुषामा महिला दिदीबहिनीहरुको बाक्लो उपस्थितीमा बाजागाजा सहित नगर परिक्रमा गरी दियो बाल्ने यात्रा एवं रितले भदौ पूर्णिमाका दिन ऐतिहासिक नगरी र बाहिरको सपनतीर्थ, चण्डेश्वरी, वंतुवली अजिमा, पिगद्यः लगाएत बस्ति भित्रको नास द्यः, गणेद्यः, महाद्यः, नारायद्यः, ससुमाद्यः, तलेजु, क्वाथ गणेद्यः, पोखरी, ध्वाखा, ल्होहिटी, चैते, स्तुपा, फले लगाएत मता बिउ (दियो) दिपयात्रा गरी नगर परिक्रमा गरी आ-आफ्नो दाफा तथा बाजाखलको कार्य समापन हुन्छ । द्वादशमीको दिन मता बिउ वने जात्रा संगसगै तलेजु गुथिको मूल नायो नायोमाको उपस्थितीमा पुरोहित आचायजुबाट नासद्यःमा बिधिबत नित्यपुजा गरी टिका र सम्याबजि प्रसादको रुपमा बितरण गरी इन्द्रायणी दाफा खलबाट भजन साथै पछिमा र ज्यालिको तालमा या प्याखं नचाउने सुरु गरी थनेलाछि दबु, तलेजु अगाडी पिखलखु, गणेद्य चुक, हासद्य, बामफल चुक, त्वापचा हुँदै क्वने लाछि दबुमा प्याख ह्विका (या प्याख नचाइ) समापन पश्चात प्याखंका खलक लगाएत दाफा खलःका सहभागी थकाली क्वकाली देखि सम्पुणर्लाई तलेजु गुथिको तर्फबाट भोजन गराउने परम्परा रहिआएको छ । त्यस्तै चतुर्दशीको दिन बिहान देखि बिभिन्न दाफा, भजन खलःबाट नास नाट्यश्वरको पुजाको लागि बाजागाजा सहित यलाग टोलमा अवस्थित नासद्यः प्राङ्गणमा भजन कृतनको साथमा पुरोहित आचायजुबाट बिधिवत नित्यपूजा सकि पशुपछि बलि चढाइ टिका प्रसाद, ग्रहन गरी सम्याबजि खाइ बेलुका स्युका भोय् (भोज) खाइ नास पूजासँगै इन्द्रजात्रा सम्पन गरिन्छ ।
असोज शुक्ल प्रतिपदा तथा नली स्वा सालेगु घटस्थापनाको दिन बिहान तिन बजेबाट पाँच वटा दाफा खलः, गणेश बासुरी खलः लसकुस दाफा खलः बैण्डबाजा बजाएर नवरथ तीर्थमा जाने बेला इन्द्रायणी दाफा खलःमा तायनाइ (एकप्रकारको कासको थाल जस्तो बाजा) बजाएर नवरथ जाने कार्य निरन्तर रही आएको छ । जसलाई नेवार समुदायमा ताइनाइ वनेगु पनि भनिन्छ । पहिलो दिन सपनतीर्थ लुँ खुसि र वहः खुसि दोभानमा नुहायर ढुङ्ग तथा बालुबाट महादेब बनाइ बाजा तथा बासुरी बजाइ बिधिवत पुजागरी टिका प्रसाद लिइ सपनतीर्थको दर्शन गरी नगर परिक्रमा गरी पालो परेको घरमा क्वाति ख्वाइ बिदा गरीने चलन परम्परादेखि चलिआएको छ । एवं रीतले दोस्रो दिनमा बालसुकी सिज खुसि र सपन खुसिको दोभानमा, तेस्रो दिनमा चण्डेश्वरी, चौथो दिनमा ल्ह्वर खुसि र बिष्णुमति दोभानमा पाचौँ दिन बलिन्चगालयमा, छैथौँ दिनमा टोखा दोभान सलखुसि र बिष्णुमतिको संगम स्थलबाट मनमैजु मन्दिर, फुतुङ्गको नारायणी अजिमा दर्शन गरी भख्यको पिगंद्य (इन्द्रायणी) हुँदै नगरपरीक्रमा समापन गरिन्छ । सातौं दिन गले सपनखुसिमा नुहाइ थरखेल महादेव दर्शन, आठौं दिनमा गः हिती र नवौं दिनमा सलखुसि र सपन खुसिको दोभान नुहाएर महादेवलाई पुजा गरी प्रसाद चढाइ टिका ग्रहण गरी भख्यःको पिगंद्य हुँदै नवरथतीर्थको कार्य समापन गरिन्छ । नवरथ तीर्थलाई साङ्केतिक रुपमा जलसम्पदा संरक्षण अभियानको रुपमा पनि लिन सकिन्छ किनकी जती पनि धार्मिक तीर्थयात्रको रुपमा खोला नदिहरुमा बाजागाजा सहित गइ नुहाइने हुँदा सर्वसाधारनमा पानिको स्रोत तथा खोलाहरु दुषित र दुर्गन्धित गर्न हुँदैन भन्ने आम भावना सिर्जना गरी भावि दिनहरुमा पनि जल सम्पदाहरु बचाई राख्नु पर्छ भन्ने सन्देश दिने भएकैले हाल आएर बागमति र बिष्णुमति सफाइ अभियान संचालनमा आएको कुरा नकार्न सकिन्दैन ।
नवमिको दिन राती कुम फेकेगु अर्थात जीवित देवी गणेद्य र कुमारीलाई तलेजु गुथिबाट मुल नायो, नायोमाँको उपस्थितीमा देवीहरुको घरमा आचाजु पुरोहीतले बिधिवत नित्य पुजा देवता जगाउने कार्यमा इन्द्रायणी दाफा खलःबाट भजन कृतन र बासुरी बजाई बिधिवत रुपमा नित्य पुजा सकाइ टिका प्रसाद ग्रहन गरी नित्य पुजा समापन गरिन्छ । एकादशिको दिन बिहान जीवित देवी गणेद्य र कुमारीलाई मुल नायोको उपस्थितीमा इन्द्रायणी दाफा खलः तथा पों खलःबाट बाजा, बासुरी बजाइ द्यः छेंबाट देवीहरुलाई तलेजु गणेद्यःकुमारी फलेमा बिराजमान गरेपछि बाह्र थकालीहरु बासको छत्रकुसामा खड्ग राखी थनेलाछी नारायण, महादेब र यंसी जीवित देवीहरुसंग दर्शन तथा परिक्रमा पुन तलेजु पिखालखुमा पुरोहित आचायजुबाट बाह्रथकालीमा ज्यापु जेष्ठ थकाली पछि बाँकी स्यस्यः थकालीहरुलाई क्रमैसंग बिधिवत नित्यपुजा गरी भुयु फसी (कुभिन्दो) लाई मार हाने पछि बाह्र थकालीहरु तछाड मछाड गरी तलेजु मन्दिर प्रबेश गर्न खड्ग सहितको छत्रकुसा बोकि दौडिने रोचक दृश्य अबलोकन गर्न सयौँ संख्यामा दर्शनार्थीहरुको घुइचो लाग्ने गर्दछ ।
सिज पुन्ही कति पुन्ही अर्थात कोजागत पुर्णिमाको दिन रातीबाट चतुर्मास भजनमा आरती भजन गाउने हुन्छ । भजन सकेपछि दैनिक हलिबलीको रुपमा प्रसाद बितरण कार्य सकिमना पुन्हिको भोली पल्टसम्म हुन्छ । हरि बोधनि एकादशिको दिन पुरोहित आचायजुबाट बिहान प्रत्येक दाफा तथा भजन खलमा बिधिवत रुपमा तुलसी पुजागरी गमलामा रोपेर बेलुकादेखि आरति भजन गाउने बेलामा सुकुल वा भुइ च्वख्याएर हलिबली ब्वयगु गरिन्छ ।
कार्तिक शुक्ल पुर्णिमा अर्थात सकिमिला पुन्हि सकि र मिला जोडी बनेको शब्द हो सकि भन्नाले फकंया हा हो (पिँडालु) मिला भनेको चन्द्रमा । यो दिन बिहान घर आगन च्वख्याइ फकं सकि (कर्कलामा फल्ने पिँडालु) तथा चाकु हि (सखर खण्ड) उसिनेर बिभिन्न परिकार बनाएर खाने चाड हो । हिउदको सिजनमा शरिरलाई न्यानो बनाइ राख्नको लागि सिजन अनुसार पाइने खानेकुराको रुपमा सकि र चाकु हि उसिनेर परिकार बनाइ खाने भएकोले नै यस दिनलाई परापुर्वकालदेखि सकिमना पुन्ही चाडको रुपमा मान्दै आइरहेको छ ।
दाफा तथा भजन खलबाट बाजागाजा, बासुरी बजाई भुयुजसी नारायद्य अर्थात बुढानिलकण्ठ मन्दिर मेला भर्न जाने क्रममा सायको, दुप्पा, पासिकोट हुँदै बुढानिलकण्ठ मन्दिर मेलामा सहभागी भई मन्दिर दर्शन गरी भजनकृतन गरी भसन्थलीमा रहेको गोकुलेश्वर महादेव जुन मन्दिरमा वर्षातको समयमा पानी नपरेर धानबाली लगाउन नपाउदा किसानहरु टोखाका किसानहरु पानी माग्न जाने गर्दथे । पुरोहितबाट बिधिबत पुजा गरी हरहर महादेव पानी दे अलिकती पुगेन धेरै दे भन्दै पानी मागे पछि वर्षाको पानी पर्छ भन्ने जनविश्वास रहेको छ । उक्त मन्दिरमा भजन कृतन गरी चण्देश्वरी मन्दिर, सपनातिर्थ, नासद्य, तलेजु, गणेद्य, कोठु गणेद्य हुदै पिगंद्य परिसरमा भजन कृतन गरी सम्यबजी ग्रहण गरी राती इन्द्रायणी तथा पिगंद्य दाफा खलमा बाह्रवटा सुकुलमा हलिबली बोयगु गरिन्छ । आरती भजन सकि हा हा… भनेपछि सुकुलमा भएको खते, ताय, भतमास, मकै, सेल रोती फलफुल हारालुत गर्ने दृश्य रोचक रुपमा देखिन्छ । हलिबली हाँ सकिए पछि दाफा तथा भजन खलमा पुरोहित आचायजुबाट भजन गाउने सफु, बासुरी, खिं, पछिमा, झ्याली, ताय, तबला, धोलक लगाएत सामाग्रिहरुमा बिधिवत पुजागरी खलका थकाली देखि क्रमैसंग सफु तथा बाजाहरु लःल्ह्याना बिगु गरिन्छ । हलिबली प्रसादको रुपमा बितरण गरी चार महिना लगातर भजन गाउने चतुर्मास भजन समापन गरिन्छ ।