• टोखा टाइम्स

    • प्रकाशित मिति:१४ मंसिर २०८०, बिहीबार


    बिज्ञापन
  • संस्कृर्तिका मूर्धन्य हस्ती ; हरिराम जोशी जो कहिल्यै डगमगाएन:

    हिक्मत डंगोल, टोखा टाइम्स, १४ मंसिर । विगत ७ दशकदेखि संस्कृति र इतिहासको अनुसन्धानमा सक्रिय साधक हुन्, – संस्कृतिविद् तथा अन्वेषक हरिराम जोशी (८८ ) । संशोधन मण्डल र कमलप्रकाश मल्लका बौद्धिक बहस चर्किएको समयमा उनी भिन्न वैचारिकी सहित इतिहास लेखनमा जुटेका थिए। हरिराम जोशीले केही वर्ष पहिले पस्किएको रानीपोखरीबारे फरक कुरा निकै चर्चाको विषय बन्यो। प्रताप मल्लले बनाएका होइनन् भन्ने उनको तर्कमा डा. महेशराज पन्तले निकै लामो खण्डन लेखे। हरिराम जोशीलाई पन्तको खण्डनप्रति कुनै तिक्तता छैन। मैले जे जाने त्यही लेखे, मैले जे बुझेँ त्यही भनेँ। नेपाली इतिहास लेखनमा राष्ट्रवादी भावुकताको प्रवृत्ति रहेको औंल्याउँदै उनी यसलाई समस्या मान्छन्।

    त्यसो त हरिराम जोशीका फरक धारका विचार सुन्न र नेपालको संस्कृति र इतिहासलाई फरक कोणबाट बुझ्न दुईचार अध्येताहरू उनको घर दैलोमा नपुगेको दिन हुँदैन। विद्यावारिधिका विषय छान्न, फेला परेका कुनै मूर्तिका बारे जान्न, कुनै चाडपर्वबारे बुझ्न। संस्कृति र इतिहासका शिक्षक, विद्यार्थी उनलाई भेट्न पुगिरहेकै हुन्छन्।

    तीन पुस्तादेखि कपडा व्यापारी थियो हरिराम जोशी परिवार । घरमै रहेको पसलमा हरिराम स्वयं २० वर्ष पितासँगै कपडा बेच्नुभयो। ललित प्राथमिक विद्यालयमा १९९६ मा भर्ना भए । पाटन हाइस्कुलबाट २०१० सालमा एसएलसी गरे । पाटन इन्टरकलेजमा पढे इतिहास, अर्थशास्त्र र संस्कृत । उनी त्रिभुवन विश्वविद्यालयमा संस्कृतिमा डिग्री लिने पहिलो समूहका विद्यार्थी हुन् ।

    निजामती सेवामा पहिलो पटक नेपाल म्युजियम छाउनीमा हाकिम (किपर) मा खटिएँ, ०२३ तिर । शाखा अधिकृत तहको) जागिर सुरु गरे । त्यहाँ हाकिमका दुई दरबन्दी हुँदा रहेछन्, किपर (प्रशासन) र म्युजियमोलोजिस्ट (प्राविधिक) । एक थिए हाम्रै हरिराम, अर्का थिए वारकृष्ण श्रेष्ठ । उनले सुनाए।

    दुई दिन अघि मात्र मेयर बालेन शाह पनि नेवार संस्कृर्ति र समाज बुझ्न उनी कहां आएका थिए। उनले आफ्नो बायोग्राफी लेख्नलाई सुझाव दिएर जानु भएको यो पंत्तिकारलाई सुनाउनु भयो। हरिराम जोशी कहिले शुद्धोधन राजा होइनन् गणपति मात्रै हुन् भन्छन्। त्यस्तै बुद्ध राजकुमार होइन भन्ने तर्क गर्छन् उनी। जोशीले हिन्दुहरू वैदिक कालमा गाईको मासु खान्थे भनेर लेखेका छन्।

    सातौँ–नवौँ शताब्दी अन्त्यसम्म काठमाडौँलाई दक्षिणकोलिग्राम र कोलिग्राम पनि भनियो । यसको अर्थ तेल पेल्ने काममा कुशल/प्रवीण व्यक्तिको इलाकामा बस्ने समुदाय हो । दसौँ शताब्दीदेखि मात्र अहिलेको काठमाडौँलाई काष्ठमण्डप भनिन थालेको सप्रमाण म आफैँले संकलित गरेको नेपाल संवत् ४५२ को खपिँछेको शिलालेखमा प्रस्टै देखिन्छ । काठमाडौँलाई कोलिग्राम भनिएको बारे नेपाल संवत् ५९० को वीर पुस्तकालयस्थित पञ्चरक्षामा पनि उल्लेख छ ।

    मच्छिद्रनाथबारे पनि यस्तै मान्यता छ । मच्छिन्द्रनाथको रथयात्रा गरी सहर परिक्रमा गराउँदा सबैले बाजागाजासहित पूजाआजा र सम्मान प्रकट गर्छन् । तर यात्रा समापनपछि मच्छिन्द्रनाथलाई फर्काएर लैजाँदा कसैले हेर्दैनन् । त्यो भनेको झन्डा/पताकाप्रतिको सम्मान हो । झन्डाको आस्था अटल छ भनिएको हो ।

    सातौँ शताब्दीतिर चीनका राजदूत वाङ हु चे भारतको मगध (हाल बिहार) राज्य भ्रमणमा आएका थिए । भ्रमणका क्रममा चिनियाँ राजदूत र मगधका राजाबीच झगडा पर्‍यो । झगडाकै कारण मगधका राजाले चिनियाँ राजदूतलाई कैद गरे । त्यो खबर नेपालसम्म आइपुग्यो । चीनले आफ्ना राजदूत छुटाउन नेपाल र तिब्बतलाई सैनिक सहयोगका लागि आग्रह गर्‍यो । चीनको आग्रहपछि नेपालले सात हजार घोड सवार सेना मगधमा आक्रमणका लागि पठायो ।त्यतिबेला मगधका राजा हर्षवर्धनको मृत्युपछि अरुणाश्वर राज्यासनमा थिए । चिनियाँ राजदूतलाई मगध राज्यबाट छुटाउन नेपाल र तिब्बतले सैनिक सहयोग गरे । नेपाली घोड सवार सैनिकसँगको लडाइँमा मगधको सेना नराम्ररी पराजित भयो । सैनिक सहयोगपछि चिनियाँ राजदूतलाई मगध राज्यबाट फिर्ता ल्याएर नेपालले चीनसमक्ष सकुशल पुर्‍याइदियो । सैनिक सहयोगकै कारण ठूलो राष्ट्र चीनमा नेपालको प्रभाव विस्तार हुन सक्यो ।

    प्राचीन नेपाल, नेपालको प्राचीन अभिलेख, उत्तर प्राचीन कालीन मुद्रा, मध्यकालीन अभिलेख, मेडिएभल कोलोफोन्स, नेपाली संस्कृति, हाम्रो संस्कृति, हिन्दू देवीदेवता, प्रदीप अभिनव विश्वकोश, नेपालका चाडपर्व, अभिनव संस्कृतिकोष, पञ्चपल्लवलगायत नेपाली संस्कृतिमाथि झन्डै तीन दर्जन पुस्तक लेखिसकेका छन्, हरिराम जोशीले र दुई वटा विश्वकोश प्रकाशन गरेका जोशी हाल महाभारत विश्वकोश प्रकाशनको तयारीमा जुटेका छन्। उनले सन् १९८१ देखि २८ वर्षसम्म रोलम्ब जर्नल प्रकाशन गरेका थिए। गुणराज पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कारबाट पनि सम्मानित भइसकेका र २०६२ सालमा संस्कृति शिरोमणि सम्मान पाएका हरिराम जोशीले डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार–२०७५ बाट पनि सम्मानित भएका छन्। नेपालको संस्कृति र पुरातत्व अध्ययनमा रुचि राख्नेका लागि जोशी आफैंमा एक मही विश्वविद्यालय हुन्। जनसमुदायबाट ‘संस्कृति शिरोमणि’ उपाधि पाएका उनी प्राज्ञिक जगत्‌मा भने गुमनाम जस्तै छन्।

    नेपाललाई विश्वमा चिनाउने ग्रन्थका सङ्ग्रहकर्ता एवं रचयिता यिनी वि.सं. १९९२ चैत्रकृष्ण द्वितीयमा पिता भारथराम जोशी र माता हेमकुमारी जोशीका छोराका रुपमा ललितपुर न्हागलटोलमा जन्मेका हुन् ।यसरी कथा सुरू हुन्छ आजको। आफ्नो ऐतिहासिक योगदानमा चर्चा गर्न यतिखेर पलेंटी कसेर बसेका छन् हरिराम जोशी ।पाटन स्थित मान भवनको घरमा उनी आफ्नो परिवारका साथ घर मै बस्छन। उनी हराएको इतिहास सम्बन्धी सामग्री जुटाउन र सम्पादन गरिरहेका हुन्छन्। उनको रेखदेखमा छोरा र नाति नातीहरू आईरहेकै हुन्छ। बाहिर ढकमक्क फूल फुलेका छन्।आफू सुत्ने कोठामा पनि पुस्तक, प्रमाणपत्रले सजाइएका छन्। इतिहासका अनेकौ पाटाहरू मध्ये आफ्ना खोज , अन्वेष्ण र लेखनको आधार बनाउने संस्कृति शिरोमणि हरिराम जोशी विदेशीले लेखेको नेपालको इतिहासमाथि विश्वास गर्न नसकिने बताउनु भयो। सिल्भा लेभी को इतिहास पनि एकदमै त्रुतिपूर्ण छ । राजा महाराजाहरूको आदेशमा बाबुराम आचार्यलाई लेखाइएको शिलालेख मात्रै इतिहास हो र ? यिनलाई मात्र इतिहासका प्रमाण मान्ने परम्पराकै कारण हामी नेपालको इतिहास र संस्कृतिका वास्तविक ऐतिहासिक तथ्यहरूबाट निकै पछाडि छौं भन्छन् उनी। इतिहास सिरोमणि बाबुराम आचार्यको लेखन पनि त्रुति भएको उनी मान्छन्। सर्वोच्च शिखर सगरमाथालाई उनले ‘सर्गमाथ’ भन्ने तर्क गरेका छन् । सर्गको अर्थ सृष्टि, माथको अर्थ बाटो । The path of creation । नेवारी संस्कृतिमा रहेको पाहाँचह्रे पर्व पाहुनाको सत्कार भगवान सरह गरिनुपर्छ भन्ने सन्देश दिन नै बनेको उनको तर्क छ।

    संस्कृतिविद् जोशीको हाल ८८ वर्षको वृद्ध शरीर थाके पनि मन मस्तिष्क थाकेको छैन। बौद्धिक रूपमा उनी नयाँ पुस्ताका कोहीभन्दा कम देखिँदैनन्। इतिहास र संस्कृतिका नयाँ पुराना तथ्य नियमित अध्ययन गरिरहन्छन्। हरिराम जोशी भने आफ्ना पुस्तकालयमा रहेका अक्सर पुराना पुस्तकहरूमा केही नयाँ कुरा भेटिन्छन् कि भनेर खोजिरहन्छन्। हजारौं पुस्तक छन्, उनको पुस्तकालयमा।उनका केही कृर्ति प्रकाशनमा आउंदै छन्।

    “यो सत्य हो कि नेपालको वास्तविक इतिहास लेखिएकै छैन। मैले पनि समग्र रूपमा लेख्न भ्याएको छैन। मलाई राम्ररी थाहा छ, संस्कृतिको खोज अनुसन्धान दाम नआउने काम हो । तर मृत्युपछि मेरो नामसम्म आउन सक्छ ।” यो उनलाई लागेको मनको कुरा हो।

    Facebook Comments Box