• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२३ मंसिर २०८०, शनिबार


    बिज्ञापन
  • अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    टोखा टाइम्स, काठमाडौं । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ टोखा नगर कमिटीको आयोजनामा शुक्रबार टोखा नगरपालिका–३ वडा कार्यालयको सभाकक्षमा प्रतियोगिता सम्पन्न भएको हो ।

    ‘हिंसा रहित समाजको निर्माण’ विषयक प्रतियोगितामा सरस्वती माद्यमिक विद्यालयका छात्र गणेश दहाल प्रथम, तिलिङटार माद्यमिक विद्यालयकी छात्रा साहिसा सिंह द्धितिय, धापासि माद्यमिक विद्यालयका छात्र धिरेन्द्र वुढा तृतिय र मनोहर माद्यमिक विद्यालयकी छात्रा लक्ष्मी कट्वाल सान्त्वना भएकी छिन । त्यस्तै तिलिङटार माद्यमिक विद्यालयका छात्र सुशिल भण्डारीले विशेष पुरस्कार प्राप्त गरेको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल महिला संघ केनद्रीय कोषाध्यक्ष इन्दीरा फुयालले संघको उद्देश्य तथा नेपालमा हिंसाको पछिल्लो अवस्थाको बारेमा चर्चा गर्नु भएको थियो ।  उहाँले हिंसा रहित समाज निर्माणमा विद्यार्थीहरुको भूमिका महत्वपुर्ण रहेको समेत बताउनु भयो । सहभागि विद्यार्थीहरुलाई बधाई दिंदै हिंसा रहित समाज निर्माणका लागि सबै हाते मालो गरी अगाडी बढ्न आग्रह गर्नुभयो । उहाँले कार्यक्रममा अखिल नेपाल महिला संघले महिला हिंसाको बिरुद्धको सचेतना अभियान देशैभर सञ्चालन भैरहेको समेत बताउनु भयो ।

    टोखा नगरपालिका ३ का वडाध्यक्ष रमेश डंगोलले विद्यार्थीहरुको क्षमता अभिबृद्धिमा यस्तो खालका कार्यक्रमले विशेष भूमिका खेल्ने बताउँदै आगामी दिनहरुमा आफ्नो वडा कार्यालयले विद्यार्थीहरुको क्षमता र बौद्धिकता अभिबृद्धि गर्ने कार्यक्रमका लागि सक्दो सहयोग गर्ने बताउनु भयो ।

    कार्यक्रममाक सभापति भुमा गुरुङले सहभागिहरुलाई धन्यवाद दिँदै हिंसा रहित समाज निर्माण कार्यामा कमिटी निरन्तर लागि पर्ने बताउँदै समाजमा सचेतना जगाउने कार्यक्रमहरुको आयोजना गर्दै अगाडी बढ्ने बताउनुभयो ।

    प्रतियोगितामा टोखा नगरपालिका भित्रका ८ वटा सामुदायिक विद्यालयको १६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । टोखा नगर कमिटी अध्यक्ष भुमा गुरुङको सभापतित्वमा अखिल नेपाल महिला संघ केन्द्रीय कोषाध्यक्ष इन्दीरा फुयालको प्रमुखआतिथ्यमा भएको प्रतियोगितामा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य ज्ञानमाया डंगोल,  वागमती प्रदेश सचिव शान्ता राई, नेकपा एमाले वागमती प्रदेश सदस्य मन्जु शर्मा, अनेम संघ काठमाडौं जिल्ला कार्यवहाक अध्यक्ष भगवती गौतम, वागमती बुद्धिजिवि परिषद सचिव दिपेन्द्र श्रेष्ठ, टोखा नगरपालिका ३ वडाध्यक्ष रमेश डंगोल, सचिवालय सदस्य तथा महिला विकास प्रमुख वागमती परिषद सदस्य अन्जु केसी, लोकतान्त्रिक जनजाति महासंघ सदस्य शोभा तामाङ्ग, जिल्ला सदस्य जगतमाया श्रेष्ठ नेकपा एमाले टोखा ३ नगर कमिटी अध्यक्ष सुर्यमान डंगोल, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी लगायतको आतिथ्यता रहेको थियो ।

    Facebook Comments Box