• तुख्य तेक्वान्दो दोजाङ्गले हात पारे ३ स्वर्ण, ५ रजत र १ कास्य सहित उत्कृष्ट रेफ्री पुरस्कार

    टोखा टाइम्स, काठमाडौं ।भारतको कालिङपोङ्गमा आयोजित दोस्रो पि.एन.जि ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशिप २०२३ मा तुख्य तेक्वान्दो दोजाङ्गले ३ स्वर्ण, ५ रजत र १ कास्य पदक गरी कुल ९ पदक सहित दोस्रो स्थान हासिल गरेका छन् ।

    आइतबार भएको प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै टोखाको तुख्य तेक्वान्दो दोजाङ्गका पुजा तामाङले सिनियर पूमसे र ४६ केजि तौल तर्फको फाइटमा २ स्वर्ण, भुमिका राईले सिनिय पूमसे र ५३ केजि तौल तर्फको फाइटमा २ रजत, सुसन्ध्या खड्काले जूनियर तर्फ १ स्वर्ण र २९ केजि फाइटमा १ रजत र संयोग खड्काले २५ केजि तौल फाइटमा १ कास्य हात पारे । त्यस्तै, पुजा तामाङ्ग र सुनिल शाक्यले सिनियर पुमसे तर्फ १/१ रजत हात पर्न सफल भएका थिए । तुख्य तेक्वान्दो दोजाङ्गले ९ पदक हात पार्दै प्रतियोगिताको दोस्रो स्थान हुन सफल भएका हुन् ।

    त्यस्तै, तुख्य तेक्वान्दो दोजाङ्गका प्रशिक्षक कुमार लवट पुरुष तर्फ उत्कृष्ट रेफ्रीको पदकबाट सम्मानित भएका छन् ।

    Facebook Comments Box