• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२९ मंसिर २०८०, शुक्रबार


    बिज्ञापन
  • शनिबार बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य परिक्षण हुने

    टोखा टाइम्स, टोखा ।  नेशनल बाथरोग सेन्टर, आयान्श योग नेचर केयर हस्पिटल तथा सहयोगी महिला जागरण मञ्चको संयुक्त आयोजनामा भोलि शनिबारका दिन बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य परिक्षण हुने भएको छ । टोखाको पलेखुसी (साईबाबा चोक) मा अवस्थित आयान्श योग नेचर केयर हस्पिटलमा बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य परिक्षण शिविर हुने भएको हो ।

    स्वास्थ्य परिक्षण शिविर शनिबार बिहान ९ बजेदेखि १२ बजेसम्म चल्ने छ । स्वास्थ्य परिक्षणका लागि बिहान ८ बजेदेखि १० बजेसम्म नाम दर्ता गर्नुपर्ने छ भने रगत प्ररिक्षण बिहान ५ बजेदेखि १२ बजेसम्म हुने उक्त निःशुल्क स्वास्थ्य परिक्षणमा सहभागि भई आफ्नो तथा आफन्तको स्वास्थ्य परिक्षण गराई लाभ लिन आयान्श योग नेचर केयर हस्पिटलका संस्थापक तथा प्राकृतिक चिकित्सा विशेषज्ञ डाक्टर रविन लाल श्रेष्ठले सबैमा अनुरोध गरे ।

    त्यस्तै, पौष ५ गते बिहीबार बिहान ९ बजेदेखि ११ बजेसम्म स्वास्थ्य परिक्षणक र निःशुल्क रगत परिक्षण गरिनुका साथै SUGAR, CRP, ESR र Uric Acid को समेत परिक्षण तथा विशेषज्ञ डाक्टरहरूसँग परामर्श गर्न सकिने डा. श्रेष्ठले बताए ।

    (शिविरको बारेमा थप जानकारीका लागि सम्पर्क नम्वर आयान्श योग नेचर केयर हस्पिटल ०१५११०४५३)

    Facebook Comments Box