टोखा टाइम्स, टोखा । लबु- सपनतीर्थ- फौडोल-मालुङ्ग सडक अन्तर्गत दोस्रो चरणको सडक कालोपत्रे भएको छ ।
टोखा नगरपालिका–२ स्थित सपनतीर्थ- फौडोलको करिव ६ सय मिटर लामो १० मिटर चौडाइ ((फुटपाट सहित) सडक कालोपत्रे भएको हो । उक्त सडक टोखा नगरपालिका र सङ्घीय समपूरक कोषको २ करोड ३७ लाख लागतमा कालो पत्रे भएको हो ।
टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले सडक कालोपत्रेको अनुगमनका क्रममा लबु- सपनतीर्थ- फौडोल-मालुङ्ग सडक अन्तर्गत बाँकी रहेको लबु-सपनतीर्थ करिव ४ सय मिटर सडक निर्माण कार्यकालागि चाडै आवश्यक प्रक्रियाअगाडि बढाउन प्राविधिक शाखाका प्रमुखलाई निर्देशन दिएको टोखा नगरपालिका–२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले जानकारी दिए ।
उक्त सडक २०७९ माघ २२ गते वाईसधारा निर्माण सेवा/ विश्वजित निर्माण सेवा जेभिले ठेक्का सम्झौता गरी निर्माण गरेको टोखा नगरपालिका–२ का प्राविधिक उमेश श्रेष्ठले जानकारी दिए ।
लबु- सपनतीर्थ- फौडोल-मालुङ्ग सडकको फौडोल-मालुङ्ग सडक खण्ड यस अघी सम्पन्न भैसकेको छ भने अब लबु- सपनतीर्थ सडक खण्ड कालोपत्रे गर्न बाँकी रहेको छ ।