• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:५ पुष २०८०, बिहीबार


    बिज्ञापन
  • प्रगतिशील जनकवि दुर्गालाल श्रेष्ठलाई अभिनन्दन गरिने

    • ‘घा जुया जक ख्वइगु ख जि स्यागुलि सः तयगु खः
    • झी मसिनि झी मसिनि धाइगु जक ब्वयगु खः ।’
    • ‘जिपि थगु भासां ब्वने च्वय मखपि…’
    • ‘न्हिले मखंपि ज्या सदां ख्वयगु जला खई मखु
    • क्रान्तिया ईतिहास गवले ख्ववि लखं जक च्वईमखु ।’
    • सि अथे छ्या स्यावं तुं भाय्…’
    • ‘मिरिमिरि जःलुल…’
    • ‘राजमति वा मतिना याय वा…’
    • ‘कान्ही मैचा मंसिर महिना…’
    • ‘हायरे ज्यापुनि तःता…’

    टोखा टाइम्स/टोखा । नेपालभाषाको साहित्य तथा सांगीतिक क्षेत्रको श्रीवृद्धिमा अतुलनीय योगदान पुर्‍याउनुभएका प्रगतिशील जनकवि दुर्गालाल श्रेष्ठलाई टोखामा अभिनन्दन गर्ने भएको छ ।

    आफ्नो रचना मार्फत जनताको आवजलाई बुलन्द बनाएर शासक वर्गले गरेका थिचोमिचो जातिय विभेद र दमनको विरुद्व जनतामा जागरण जगाउने जनकवि श्रेष्ठलाई यही पुष १० गते ‘न्हूजः प्रगतिशील साहित्य पुरस्कार २०८०’ बाट सम्मान सहित टोखामा अभिनन्दन गर्न लागेको हो ।

    न्हूज खलःको आयोजना तथा व्यवस्थापनमा हुन लागेको उक्त सम्मान तथा अभिनन्दन कार्यक्रममा श्रेष्ठद्वारा रचित नेपालभाषाका लोकप्रीय गीतहरु जुजुकाजि रञ्जित, पवित्र कसाः, सतिश महर्जन, निशा देशार, रत्न शोभा महर्जन, दिपा महर्जन, सिद्धार्थ श्रेष्ठ र वज्र ट्युन्सले साथै उनीद्वारा रचित गीतहरुमा सांस्कृतिक नृत्यहरुसमेत प्रस्तुत गरिने न्हूज खलःका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

    कार्यक्रम पुष १० गते यःमरी पुन्हिका  दिन टोखाको तपलाछीमा १२ बजेदेखि सुरु हुने खलःका अध्यक्ष श्रेष्ठले बताएको छ । प्रगतिशील जनकवि श्रेष्ठको सम्मान तथा अभिनन्दन कार्यक्रमा उपस्थित भई कार्यक्रमको सोभा बढाउन खलःका अध्यक्ष श्रेष्ठले सम्पुर्ण टोखावासीलाई अनुरोध समेत गरेका छन् ।

    Facebook Comments Box