• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:६ पुष २०८०, शुक्रबार


    बिज्ञापन

    जेष्ठ नागरिक तथा एकल महिलाका जीवन भोगाइ, अनुभव र ज्ञानलाई संग्रहित गर्दै उत्प्रेरणा समाज नेपाल

    टोखा टाइम्स,६ पुष, टोखा । जेष्ठ नागरिक तथा एकल महिलाहरुले आफ्नो जीवनमा भोगेका अनुभव, ज्ञान र शीपलाई नयाँ पुस्तामाझ साझा गर्ने उद्देश्यका साथ उत्प्रेरणा समाज नेपालले आफ्नो कार्यक्रमलाई तीव्रता दिएको छ ।

    नेपालले टोखा र तारकेश्वर नगरपालिकाका सामाजिक अभियान्ता सेवा निवृत्त कर्मचारी, जेष्ठ नागरिक, एकल महिलाहरुको ज्ञान शीपलाई नयाँ पुस्तामाझ पुर्‍याउने उद्देश्यले छलफल कार्यक्रमको आयोजना गरिएको उत्प्रेरणा समाज नेपालका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बताए ।

    पुराना पुस्ताले हिजो जीवनमा भोगेका कथा व्यथाहरु आजका नयाँ पुस्ताले थाहा पाउँनु पर्छ । उनले भने – ‘पुराना पुस्ताको भोगाई, उहाँहरुले समाजमा दिएका योग्दानहरु, ज्ञान र शीपहरु लगायतलाई भिडियो अन्तर्वाता बनाएर, लेख मार्फत संग्रहित गरेर पुस्तक प्रकाशन गरी आजका आधुनिकता र प्रविधिमा रमाएका नयाँपुस्ताहरुसम्म पुर्‍याउनु पर्ने आजको आवश्यता हो । हामी त्यसैको परिपुर्ति गर्ने कार्य गर्दैछौँ ।पुराना पुस्ताको हिजोको भोगाई नयाँ पुस्तालाई आज मार्गदर्शन हुन सक्छ ।’

    कार्यक्रममा टोखा नगरपालिका–३ का वडा सदस्य हरिकृष्ण श्रेष्ठले जेष्ठ नागरिकहरुकालाई वडाले भुतखेलमा जेष्ठ नागरिकमैत्री पार्क बनाउने तयारी भईरहेको जानकारी दिए ।’ जेष्ठ नागरिकहरु घरबाट बाहिर निस्केर आफ्ना साथीहरुसँग आनन्दकासाथ भलाकुसारी गर्न सकियोस भन्ने हेतुले जेष्ठ नागरिक मैत्री पार्क तथा स्थानको व्यवस्थापनका साथै खाजा नास्ताको व्यवस्था गर्ने योजना अनुसार हामी जनप्रतिनिधि तथा वडाकार्यालय लागि परेका छौँ ।’ श्रेष्ठले बताए ।

    त्यस्तै, वडा सदस्य तथा कार्यपालिका सदस्य शान्ता राईले जेष्ठ नागरिकहरुको सम्मान गर्न वडा कार्यालयले कुनै कञ्चुस्याई नगर्ने बताईन । उनले जेष्ठ नागरिक तथा एक महिलालाई यसै महिना सम्मान गर्ने कार्यक्रम रहेको कार्यक्रममा जानकारी दिइन ।

    कार्यक्रममा टोखा चण्डेश्वरी गाउँ पञ्चालयतका अध्यक्ष ज्ञान बहादुर श्रेष्ठ लगायतले आफ्ना भोगाई तथा अनुभुतिहरु साझा गरेका थिए ।

    टोखा नगरपालिका–२ र ३ वडाको व्यवस्थापनमा उत्प्रेरणा समाज नेपालको आयोजनामा ३ वडा कार्यालयको सभाकक्षमा सम्पन्न भएको कार्यक्रममा २ र ३ वडाका जेष्ठ नागरिक एकल महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    Facebook Comments Box