• टोखा टाइम्स

    • प्रकाशित मिति:७ पुष २०८०, शनिबार


    बिज्ञापन
  • बुढानीलकण्ठः चुनिखेलमा आजदेखि य:मरी महोत्सव हुँदै

    टोखा टाइम्स, ७ पुष, बुढानीलकण्ठ । बुढानीलकण्ठ नगरपालिका-१३ वडा कार्यालयलको आयोजनामा चुनिखेलमा आज शनिबारदेखि य:मरी महोत्सव शुरु हुँदै छ । बुढानीलकण्ठ-१३ वडा चुनिखेल स्थित कार्यालयल भवन प्राङ्गणमा हुने यःमरी महोत्सव पौष ११ गते पाँच दिनसम्म चल्नेछ ।

    यःमरीको महत्व र यःमरी उत्सवलाई प्रभावकारी रुपमा सम्पन्न गर्न, नेवारी परिकार र संस्कृतिलाई नयाँ पुस्ता र गैर नेवार समुदायबीच पुर्‍याउने उद्देश्यले आयोजित उत्सवमा नेवार समुदायको संस्कार र साँस्कृती झल्काउने पुराना लोपोन्मुख सामानका साथै स्थानीय सरोज श्रेष्ठद्वारा संकलित नेपाली नोट र सिक्काहरु समेत प्रदर्शनीमा रहने छ । महोत्सव बिहान ११ बजेदेखी साँझ ६ बजेसम्म सञ्चालित रहनेछ।

    Facebook Comments Box