• टोखा टाइम्स

    • प्रकाशित मिति:८ पुष २०८०, आईतवार


    बिज्ञापन

    टोखा शिवपुरी सहकारीले पुष १० गते रक्तदान कार्यक्रम गर्दै

    टोखा टाइम्स, ८ पुष । टोखा शिवपुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, टोखाको आयोजनामा मंगलबार बृहत रक्तदान कार्यक्रम हुने भएको छ ।

    सहकारीको १४ औं स्थापना दिवसको अवसरमा पुष १० गते मंगरबारका दिन बिहान १० बजेदेखि २ बजेसम्म टोखाको गणेशस्थान मन्दिर प्राङ्गणमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष प्रकाश डंगोलले बताए ।

    उनले उक्त रक्तदान कार्यक्रममा सहभागि भई रक्तदान गर्न सम्पुर्ण सेयर सदस्यका साथै टोखाबासीहरुलाई अनुरोध गरेका छन् ।

    Facebook Comments Box