टोखा टाइम्स, १३ पुस । टोखाको तलेजु मन्दिर परिसरमा पुस १४ गते शनिबार (भोलि) बृहत् दन्त सेवा कार्यक्रम हुने भएको छ ।
टोखा नगरपालिका २ वडा कार्यालयका वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले एक सूचना जारी गरी दिपा उप्रेती स्मृति संस्थाद्वारा आयोजना हुन लागेको शिवरमा दातको समस्या हुने वडावासीहरुलाई उक्त शिविरमा उपस्थित भई मौकाको फाईदा उठाउनुहुन सबै वडावासीहरुमा अनुरोध गरिएको छ ।
शिविर दिउँसो १ बजेदेखि ५ बजेसम्म तलेजु परिसरमा सञ्चालन हुनेछ ।