• टोखामा प्रत्येक शनिबार निःशुल्क प्राथमिक स्वास्थ्य परिक्षण

    टोखा टाइम्स, १४ पुस । टोखामा निःशुल्क प्राथमिक स्वास्थ्य परिक्षण गत पाँच सातादेखि प्रत्येक शनिबार हुँदै आइरहेको छ ।

    बाल बिकास क्लव टोखाको आयोजनामा टोखा नगरपालिका, २ र ३ वडा कार्यालयसंगको सहकार्यमा निःशुल्क प्राथमिक स्वास्थ्य परिक्षण शिविर विगत चार सातादेखि सञ्चालन भैरहेको छ ।

    साताको एक दिन शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म क्लव प्राङ्गण गणेशस्थानमा सुगर परिक्षण, प्रेसर र रक्त अक्शिजन निगरानीको चेक जाँच गरिन्छ ।

    पछिल्लो समयमा मानिसमा सुगर, व्लड प्रेसर र अक्शिजन लेवलको कमि हुने समस्या बढिरहेको परिप्रेक्षमा यसको समयमा नै पहिचान गरी आवश्य उपचार गर्न अभिप्रेरित गर्ने उद्देश्यले स्थानिय सरकारसँगको समन्वयमा शिविरको आयोजना गरिएको क्लवका अध्यक्ष शन्तालाल श्रेष्ठले जानकारी दिए ।

    मंसिर १६ गतेदेखि शुभारम्भ भएको उक्त शिवरमा हालसम्म ३९४ जनाले स्वास्थ्य परिक्षण गरिसकेका छन् । साताको एक दिन हुने उक्त शिविरमा कमतिमा ७० जनाले परिक्षण गर्ने गरेको क्लवका कोषाध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिए । उक्त स्वास्थ्य शिविर स्थानीय नर्सहरूले नि:शुल्क रूपमा स्वयंसेवको रूपमा कार्य गरिरहेका समेत उनले बताए ।

    स्वास्थ्य परिक्षणका लागि आवश्यक सामग्री टोखा नगरपालिकाले उपलब्ध गराइरहेको क्लवका अध्यक्ष श्रेष्ठले बताए । उनले प्रत्येक शनिवार सञ्चालन हुने शिविरमा सहभागि भई आफ्नो स्वास्थ्यको परिक्षण गरि लाभ उठाउन सम्पुर्ण टोखाबासीहरूमा अनुरोध गरेका छन् ।

    Facebook Comments Box