• टोखा टाइम्स

    • प्रकाशित मिति:१५ पुष २०८०, आईतवार


    बिज्ञापन
  • माघ १ गते ‘चाकु दिवस तथा बृहत् सम्मान’ कार्यक्रम हुने

    टोखा टाइम्स, १५ पुस । नेवाः गुथि तोखाको आयोजनामा आउँदो माघ १ गते घ्यः चाकु सल्हुका दिन तोखामा ‘चाकु दिवस तथा बृहत् सम्मान’ कार्यक्रम हुने भएको छ ।

    तोखाको संस्कृति, सम्पदा, संगित, वाध्यवादन, शिक्षा तथा खेलकुद लगायत क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई कार्यक्रममा सम्मान गरिने नेवाः गुथि तोखाका अध्यक्ष रमेश नापितले बताउनुभयो ।

    नेवाः गुथि तोखाको नेतृत्वमा तोखाको विविध क्षेत्रमा विशेष योगदान गर्नुहुने व्यक्तित्वलाई सम्मान गर्ने हेतुले विविध विधामा विद्वत पुरस्कारका लागि अक्षयकोषको स्थापना गरेको थियो । अध्यक्ष नापितले भन्नुभयो,-‘गुथिले गत २/३ वर्षदेखि यो सम्मान कार्यक्रम गर्ने योजना थियो कारणवश गर्न सकिएन । यस वर्ष घ्यः चाकु सल्हुको दिन पारेर चाकु दिवससँगै विद्वत पुरस्कार सहितको सम्मान कार्यक्रम गर्ने तयारीमा जुटेका छौँ ।’

    टोखा नगरपालिका, २ र ३ वडा कार्यालयको विशेष सहयोगमा टोखा संस्कृति संरक्षित क्षेत्र विकास समिति, टोखा परम्परागत चाकु संरक्षण समाजको सहयोगमा थनेलाछिमा हुन लागेको उक्त कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमका साथै चाकु स्थल, नेवारी खाजा स्थल लायत रहनेछ ।

    Facebook Comments Box