• टोखा टाइम्स

    • प्रकाशित मिति:२४ पुष २०८०, मंगलवार


    बिज्ञापन

    उद्ममशीलता, उद्घोषण तथा प्रस्तावना लेखन तालिम सम्पन्न  

    टोखा टाइम्स, २३ पुस । टोखा नगरपालिका २ वडा कार्यालयको आयोजनामा १५ दिने उद्यमशील, उद्घोषण तथा प्रतिवेदन लेख्न तालिमको सोमबार सम्पन्न भएको छ ।

    वडाको लक्षित वर्ग कार्यक्रम अनुरूप वडामा बसोबास गर्ने यूवाहरूलाई उद्यमशील बनाउने योजना अनुरूप आयोजना गरिएको उक्त तालिमको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति तथा कार्यवहाक अध्यक्ष अमर डंगोलले तालिम निकै नै प्रभावकारी रहेको बताए ।

    ‘१५ दिने तालिममा सिकेका कुराहरु आज तपाईहरुले गरेको प्रस्तुतिकरण देख्दा तपाईहरुमा आत्मविश्वास पाउँदा हामी वडा कार्यालय परिवार निकै नै खुशी भएका छौँ । कार्यवहाक अध्यक्ष डंगोलले भने,- ‘युवाहरुलाई आत्मनिर्भर, उद्यमशील बनाउन वडाले थुप्रै काम गरिरहेको छ, आगामी दिनहरुमा बढिभन्दा बढि युवा लक्षित यस्तो कार्यक्रमहरु ल्याउने प्रतिबद्धता जनाउँछु ।’

    वडा कार्यालयको सभा हलमा भएको समापन कार्यक्रममा बोल्दै प्रशिक्षक शुशन डंगोलले यो तालिम नेपालको स्थानीय सरकारस्तरमा पहिलो तालिम भएको बताए । ‘यस्तो तालिम पैसा तिरेर इन्सिच्युटहरूमा मात्र लिन पाइन्छ । वडा कार्यालयले आफ्नो वडाका युवाहरुलाई उद्यमशील बनाउन तालिमको आयोजना गरेकोमा धन्यवाद दिन चाहन्छु । वडा कार्यालयले यूवाहरुका लागि यसरी नै समय सापेक्ष तालिमहरुको आयोजना गर्नु आजको आवश्यकता रहेको छ ।’-उनले भने ।

    कार्यक्रममा तालिममा सहभागि सन्दिप डंगोलल र रिना श्रेष्ठले १५ दिने तालिमका क्रममा आर्जन गरेका अनुभवहरु सुनाएका थिए । साथै तालिममा सहभागिहरुले चार समूह बनाएर आफ्ना बिजनेस प्लानको प्रस्तुती समेत गरिएको थियो ।

    अहिलेसम्म लिएको तालिमहरु मध्य यो तालिमक निकै नै प्रभावकारी भएको तालिममा सहभागि सन्दिप डंगोलले कार्यक्रममा बताए । उनले यो तालिमलाई वडा कार्यालयले निरन्तरता दिनु पर्ने सुझाए ।

    त्यस्तै, रिना श्रेष्ठले यो तालिमबाट आफुमा आत्मविश्वास पलाएको बताइन । उनले तालिमले उद्यमशील बन्न चाहिने ज्ञान, शीप प्रदान गरेकोमा आयोजक तथा प्रशिक्षकलाई धन्यवाद दिइन ।  

    कार्यवहाक अध्यक्ष अमर डंगोलको सभाध्यक्षतामा आयोजित सो कार्यक्रममा वडा सदस्य सविना श्रेष्ठ, लक्ष्मी हिङमाङ, आर्यन डंगोल, सचिव शालिक राम गौतम, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको उपस्थित रहेको थियो ।

    पुष ४ गतेदेखि शुरुभएको तालिमको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

    Facebook Comments Box