• टोखा टाइम्स

    • प्रकाशित मिति:२२ माघ २०८०, सोमबार


    बिज्ञापन
  • चिसोबाट बच्न हरिहर भजन खल:लाई न्यानो ज्याकेट वितरण

    टोखा टाइम्स, माघ २२ । तोखा संस्कृति संरक्षित क्षेत्र बिकास समिति र नेवाःगुथि तोखाको संयुक्त सहयोगमा हरिहर भजन खल: टोखालाई चिसोबाट बच्न सोमबार न्यानो ज्याकेट प्रदान गरिएको छ ।

    चिसोको समयमा विशेषगरी युवा देखि प्रौंढ सम्मका हरिहर माघ महात्म्यको गाउनेहरू बढी प्रभावित हुने कुरालाई ध्यानमा राखेर तोखा संस्कृति संरक्षित क्षेत्र बिकास समिति र नेवाःगुथि तोखाका अध्यक्षद्वय गणेशमान श्रेष्ठ र रमेश नापितले हरिहर भजन खलःका संरक्षक माईला श्रेष्ठलाई ४० थान ज्याकेट हस्तान्तरण गरिएको हो ।

    नेवाः गुथि तोखाका अध्यक्ष नापितका अनुसार- ‘यस टोखा नगरीमा धर्म, संस्कृर्ति, सम्पदा, जाति, भाषा र क्षेत्रका मानिसहरुबीच गहिरो सद्भाव कायम छ । हरिहर भजन खलःले टोखाको संस्कृतिको जगेर्णा गर्दै त्यसलाई निरन्तरता दिँदै आइरहेको छ । एक महिना पौष शुक्लपूर्णिमादेखि माघ शुक्लपूर्णिमा सम्म चिसो समयमा हरिमार गाउने टोलीहरुको सम्मान तथा प्रोत्साहन स्वरुप ज्याकेट वितरण गरेका हौ ।’ उनले भने।

    अप्ठ्यारोमा पर्दा दिइने सहयोग नै सत्य धर्म र कर्म भएको हरिमार टोळीका सदस्य प्रकाश डंगोलको भनाई थियो ।

    ज्याकेट वितरण कार्यक्रममा नेवाःगुथिका तोखाका कार्यमितिका उपाध्यक्ष रामलाल महर्जन, महाचिव हेराकाजी डंगोल, सल्लाहकार अष्टनारायण डंगोल तथा हरिहर भजन खलःका सदस्यहरुको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box