• टोखा टाइम्स

    • प्रकाशित मिति:८ फाल्गुन २०८०, मंगलवार


    बिज्ञापन
  • १७ औँ नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न

    ८ फागुन, टोखा । ‘जनता म्वाःसा भाषा म्वाइ’ (जनता रहे भाषा रहन्छ) भन्ने मूल नाराका साथ १७ औँ नेपालभाषा साहित्य तःमुंज्या सोमबार सम्पन्न भएको छ । नेपालभाषा साहित्य तःमुंज्या टोखाको आयोजना र बाल विकास क्लव टोखाको सहआयोजनामा १७ वर्षदेखि हरेक वर्ष फागुन ७ का दिन साहित्य सम्मेलन हुँदै आएको छ ।

    स्थानीय ज्येष्ठ नागरिक कृष्णलाल डंगोलले पानसमा दीप प्रज्वलन गरी १७ औँ नेपालभाषा साहित्य तःमुंज्याको उद्घाटन गर्नुभएको थियो । नेपालभाषा साहित्य तःमुंज्या टोखाका अध्यक्ष काशीलाल डंगोलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाई, नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जन र कृष्णकुमार वैद्य, नेपाल क्रान्तिकारी महिला सङ्घकी केन्द्रीय अध्यक्ष अनुराधा थापामगर, जलस्रोतविद् रतन भण्डारी, नेपालभाषा साहित्य तःमुंज्या कीर्तिपुरका श्रीकृष्ण महर्जन, ख्यातिप्राप्त कवि राजभाइ जकमी, टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङ, टोखा ३ का वडाध्यक्ष रमेश डंगोल, बाबुलाल डंगोल, नेवाः गुथि तोखाका अध्यक्ष रमेश नापित, टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठको उपस्थिति रहेको थियो ।

    सम्मेलनमा स्थापित र नयाँ साहित्य सर्जकहरूले रचना वाचन गर्नुभएको थियो । साँझ सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

    Facebook Comments Box