टोखा टाइम्स– होली पर्वको अवसरमा टोखामा साँस्कृतिक कार्यक्रम हुने भएको छ । टोखा मिलिजुलि क्लबले आउँदो चैत्र ११ गते टोखाको तपलाछीमा ‘९ औं होली साँस्कृतिक कार्यक्रम २०८०’ को आयोजना गर्न लागेको हो ।
चैत्र ११ गते हुने साँस्कृतिक कार्यक्रममा अनुप्रस्त व्याण्ड, निभाः एण्ड द नुगः व्याण्ड, वज्र ट्युन्स, कमल खत्री, मेलिना मैनाली, सुजिता डंगोल, रोशन कर्मचार्य लगायतका कलाकारको प्रस्तुतिका साथै विभिन्न साँस्कृतिक नृत्यहरुसमेत प्रस्तुत हुने आयोजकले जनाएको छ । कार्यक्रम बिहान १० बजेदेखि सुरु हुनेछ ।