• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:४ चैत्र २०८०, आईतवार


    बिज्ञापन

    काठमाडौं सुनचाँदी व्यवसायी संघ अध्यक्षमा शाक्य निर्वाचित

    टोखा टाइम्स, काठमाडौं– काठमाडौं  सुनचाँदी व्यवसायी संघको नयाँ नेतृत्वमा रोहिना देवी शाक्य निर्वाचित भएकी छन् । संघको शनिबार सम्पन्न २१ औं वार्षिक साधारणसभा एवं सातौं महाअधिवेशनबाट शाक्य अध्यक्षमा निर्वाचित भएकी हुन् ।

    साधारणसभाबाट उपाध्यक्षहरुमा क्रमशः उपेन्द्र काजी शाक्य, मुक्ती रत्न बज्राचार्य र दश रत्न बज्राचार्य निर्वाचित भएका छन् । भने सचिवमा लेख रत्न शाक्य, कोषाध्यक्षमा रमेश मान शाक्य सह-सचिवमा अभिषेक शाक्य र सह-कोषाध्यक्ष पद्मेश शाक्य निर्वाचित भएका छन् । त्यस्तै,  सदस्यमा सुर्य रत्न बज्राचार्य, सुरेन्द्र काजी शाक्य, सुजेन शाक्य, निकेश रत्न बज्राचार्य, मनिष शाक्य, उजिना शाक्य, मोहिनी शाक्य, संजय रत्न शाक्य, माणिक रत्न बज्राचार्य, रविन्द्र शाक्य, कबीर चन्द्र बज्राचार्य, सन्दिप शाक्य र अरुणा श्रेष्ठ चयन भएका छन् ।

    शनिबार काठमाडौंको दरवारमार्गमा स्थित होटल अन्नपूर्णमा सम्पन्न संघको साधारण सभाको युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले उद्घाटन गरेका थिए । मन्त्री श्रेष्ठले यस इतिहास रहेको व्यवसायमा युवा पुस्तालाई टिकाउन युवा मन्त्रालयले केही योजना ल्याउने बताए । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बजारमा संलग्न व्यापारीले नभई बाहिरी तत्वले गर्दा तस्करी भइरहेको बताए । अध्यक्ष सुरेश शाक्यले आफ्नो तीन वर्षे कार्यकालमा यस संस्थाको गरिमा अझ उच्च पार्न कार्य गरेको भनाई राखे ।

    Facebook Comments Box