• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२६ चैत्र २०८०, सोमबार


    बिज्ञापन
  • ह्यापी होमको अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न

    टोखा टाइम्स, काठमाडौँ- टोखा भूतखेलमा रहेको ह्यापी होम विद्यालयको चौथौँ  अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न भएको छ । सोमबार जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित एक भव्य समारोहका बिच विद्यालयले कार्यक्रम मार्फत शिक्षण सिकाई प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्ने अभिभावकहरूको सम्मान गर्दै कक्षा तिन उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षित गरेको हो।

    ह्यापी होमका संस्थापक अध्यक्ष बिराज श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा टोखा नगर शिक्षा अधिकृत खगेन्द्र सिंह धामी प्रमुख अतिथिका रूपमा रहेका थिए । त्यस्तै,  कार्यक्रममा कल्प वृक्ष एडुकेशन फाउन्डेशन कन्सलटेन्ट प्रतिक्षा गौतम, सत्य साही स्कुल प्रिन्सिपल (Happy Home Grandparents) निरोत्तम उपाध्याय, अपेन टोखा निवर्तमान अध्यक्ष /अपेन केन्द्रिय सदस्य (Active Kids Garden प्रिन्सिपल) शारदा पाण्डे , अपेन केन्द्रिय सदस्य (Little Rose Montessori) प्रिन्सिपल रेनुका कोइराला, अपेन टोखा अध्यक्ष (बालसंसार पर्फेक्ट मन्तेश्वोरी प्रिन्सिपल) उर्मिला त्रिपाठी, अपेन टोखा विशिस्ट उपाध्यक्ष (umbel kids zone) प्रिन्सिपल संगीता दुवाडीं, अपेन टोखा सह सचिव (shistata world school) प्रिन्सिपल सर्मिला के.सी., अपेन टोखा सदस्य (Fairyland Montessori) प्रिन्सिपल सुरेन्द्र श्रेष्ठ, अपेन टोखा सदस्य (Golden Buds) प्रिन्सिपल रजनी मल्ल टोखा मिडिया नेटवर्क तथा टोखा टाइम्स डटकमका प्रबन्धक निर्देशक सुविन्द्र श्रेष्ठ, Happy Home family doctor डा. राजभाई डंगोल, डा. विजय श्रेष्ठ, डा. श्रेया रेवादी, टोखाली व्वाईजका अध्यक्ष विकास महर्जन, पध्म चक्र वचत तथा ऋण सहकारीका अध्यक्ष समिर श्रेष्ठ विद्यालयका शेरयधनीहरु विशेष अतिथिका रूपमा रहेका थिए।

    अभिभावकहरूको व्यापक उपस्थिति रहेको कार्यक्रममा विद्यार्थीहरूका प्रतिभाले भरपुर विविध सिर्जनात्मक प्रस्तुतिहरू मार्फत आफ्ना अभिभावकहरूको मन जित्न विद्यालय सफल भएको थियो । स- साना बालबालिकाहरूले देखाएको गायन, नृत्य आदि कला तथा बालबालिकाको अङ्ग्रेजी भाषाको स्तर र समसामयिक विषयको चेतना लोभलाग्दो थियो। अभिभावकहरू आफ्ना बालबालिकाको निपुण प्रस्तुति देखेर उत्साहित देखिन्थे। साथै बालबालिकाको अभिभावहरुले समेत स्टेजमा नृत्य प्रस्तुत गरिएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि खगेन्द्र सिंह धामिले टोखा नगरको शिक्षाको उन्नयमा मन्टेश्वरी स्कुलहरुको ठुलो योग्दान रहेको बताए । उनले ह्यापी होम स्कुलको अनुगमन गर्दा त्यहाँको व्यवस्थापन शिक्षण शिकाई व्यवस्थित र राम्रो पाएको भन्दै अझ राम्रो गर्दै जान सकोस भनि शुभकामना दिए ।

    विद्यालयका प्रधानाध्यापक नारायणी पन्तले कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयले गर्दैआएका क्रियाकलापको चर्चा गर्दै आगामी दिनहरुमा स्कुलको अझ सेवा सुविधा थपिदै लाने बताइन । उनले विद्यालय भनेको विद्यार्थीहरुको दोस्रो घर भएको बताउँदै विद्यार्थीहरुको शिक्षण सिकाईका लागि अभिभावकहरुबाट आवश्यक महत्वपुर्ण  सल्लाह सुझावको अपेक्षा गरेको समेत बताईन ।

    ह्यापी होमको अभिभावक दिवस तथा दिक्षान्त समारोहमा आफ्नो स्वागत मन्तव्य राख्नु हुदै विद्यालयका प्रअ नारायणी पन्त ।

    कार्यक्रमका सभापति तथा विद्यालयका संस्थापक अध्यक्ष बिराज श्रेष्ठले विद्यालयलाई विश्वा गरी आफना नानीहरुलाई अध्ययनका लागि भर्ना गर्नुभएकोमा धन्यावद ज्ञापन गर्दै अभिभावकहरुको साथ सहयोग र सल्लाह सुझावलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको बताए ।

    विद्यालयको सफल र आँट हजुरहरुले गर्दा आएको भन्दै विद्यार्थीहरुलाई अब्बल बनाउन अभिभावकहरुको पनि उतिकै महत्व रहेने भएकाले हामी सँगसँगै अगाडि बढ्नु पर्ने बताए । उनले विद्यालयको पाठ्यक्रम परिर्वतन गर्न लागेको जानकारी गराउँदै विद्यालयले दिएको जानकारी तथा सूचनालाई मर्यादित भएर ग्रहण गरी विद्यालयमा उपस्थित भईदिन अभिभावकहरु समक्ष आग्रह गरे ।

    ह्यापी होमको अभिभावक दिवस तथा दिक्षान्त समारोहमा आफ्नो मन्तव्य राख्नु हुदै विद्यालयका संस्थापक अध्यक्ष बिराज श्रेष्ठ ।

    कार्यक्रममा कक्षा तिन उत्तीर्ण विद्यार्थीलाई उज्ज्वल भविष्यको कामना गर्दै बिदाइ गरिएको थियो। साथै शेरधनीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

    २०७३ सालमा ९ जनाबाट सुरु भएको स्कुलले आफ्नो स्थापनको छोटो समयमा नै सबै अभिभावकको मन र विश्वाष जित्न सफल भएको छ । आजको दिनमा दुई समय भन्दा बढि विद्यार्थीहरु अध्ययनरत छन् ।

    Facebook Comments Box