• टोखा नगरपालिकामा आजदेखि व्यवसाय दर्ता अभियान सञ्चालन

    टोखा टाइम्स, काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले व्यवसाय दर्ता अभियान सञ्चालन गरेको छ । नगरपालिकाले नगरक्षेत्रभित्र रहेका व्यवसाय दर्तालाई व्यवस्थित बनाउन आज चैत २८ गते (बुधवार)देखि व्यवसाय दर्ता अभियानको सञ्चालन गरेको हो ।

    ‘टोखाको विकास र समृद्धिको आधार : दिगो र फराकिलो स्थानीय कराधार’ भन्ने मूल अभिप्रायका साथ नगरपालिकाको कार्यालयलमा एक कार्यक्रम बीच नगर प्रमुख प्रकाश अधिकारीले अभियान शुभारम्भ भएको घोषणा गरेका थिए ।

     बैशाख मसान्तसम्म सञ्चालन हुने उक्त अभियानमा वडाको व्यवसाय दर्ता टोलिहरु व्यवसायीहरुको घरदैलोमा नै गई अन द स्पट व्यवसाय दर्ता गरिने  प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी.ले कार्यक्रममा जानकारी दिए ।

    टोखा नगरपालिकाको कुल बजेटको ११ प्रतिशत व्यवसायीहरुले तिर्ने कर रहेको बताउँदै अधिकृत बि.सीले ३०-४० प्रतिशत मात्र व्यवसायीहरु दर्ताको दायरामा आएको बताए ।अभियान अन्तर्गत बिहिबारदेखि दिउँसो १ बजेदेखि ५ बजेसम्म वडाको प्रतिनिधि सहितको टिम खटिनेछ ।

    स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारको प्रयोग गरेर नगरको विकासलाई गति दिन व्यवसाय दर्ता अभियान सञ्चालन गरेको नगरप्रमुख प्रकाश अधिकारी कार्यक्रममा बताए ।

    उनले नगरपालिकाले जनताले तिरेको करको पैसा अधिकत्म रुपमा प्रयोग गरिएको जनकारी दिँदै नगरपालिकाको कोशमा पैसा भएमा मात्र नगर विकासको कार्यमा अगाडि बढ्न सकिने भएकाले सबै व्यवसायीहरु करको दायरामा आई नगर विकासको कार्यकमा लाग्न आग्रह गरे ।

    अभियान सञ्चालनका क्रममा नगरपालिकाले अभिमुखीकरण कार्यक्रम, प्रविधि तालिम र प्रभात फेरी लगायतका कार्यक्रम समेत गरिएको भएको छ ।

    Facebook Comments Box