• टोखा टाइम्स

    • प्रकाशित मिति:१० फाल्गुन २०७८, मंगलवार


    बिज्ञापन

    नेपाल विश्वकपमा छनोट हुने प्रधानमन्त्रीको विश्वास, नेपाली टोलीलाई दिए बधाई

    टोखा टाइम्स, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले टी-२० विश्वकप छनोटमा पुगेको नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

    ओमानमा सोमबार अपराह्न सम्पन्न खेलमा क्यानडामाथि सहज जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो ।

    ‘क्यानडाविरुद्ध जित निकाल्दै ‘टि२० विश्वकप ग्लोबल छनोट’को सेमिफाइनल प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई,’ प्रधानमन्त्री देउवाले भनेका छन् ।

    उनले नेपाल अष्ट्रेलियामा हुने टी-२० विश्वकपका लागि छनोट हुने विश्वास पनि व्यक्त गरेका छन् । नेपाली टिमलाई शुभकामना पनि दिएका छन् । ‘भोलि हुने सेमिफाइनलमा पनि विजयी हुँदै नेपाललाई विश्वकपमा छनोट गराउन सफल हुनुहुनेछ भन्ने सुवेच्छा सहित सम्पूर्ण टिमलाई शुभकामना व्यक्त गर्दछु,’ देउवाले भनेका छन् ।

    समूह विजेता हुँदै सेमिफाइनलमा पुगेको नेपालले भोलि युएईसँग खेल्दैछ । युएईलाई हराए नेपाल विश्वकपमा छनोट हुनेछ ।

    Facebook Comments Box