• राष्ट्रपति पौडेलद्वारा सपनतीर्थको दर्शन

    टोखा टाइम्स, १ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले टोखा स्थित सपनतीर्थमा रहेको सपन विनायकको दर्शन गरेका छन् । राष्ट्रपतिले प्रथम महिला सविता पौडेलसहित सपनतीर्थ मेलामा पुगेर पूजार्चना गरेका हुन् ।

    राष्ट्रपति पौडेललाई काठमाडौं क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसी, सपनातीर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डङ्गोललगायतले स्वागत गरेका थिए ।

    राष्ट्रपति पौडेलले सपनतीर्थमा सपनविनायकको दर्शनसँगै टोखाको सद्यदेवी गणेश कुमारीको समेत दर्शन भेट गरिएको थियो ।

    राष्ट्रपतिको यो सवारीलाई टोखामा निकै महत्वको रुपमा हेरिएको छ । यसभन्दा पहिले कुनै पनि राष्ट्रपति तथा मन्त्रिहरुले सपनतीर्थको दर्शन गरेको छैनन् । टोखा नगरपालिका र सपनतीर्थ क्षेत्र विकास समितिको विशेष निमन्त्रणामा राष्ट्रपति पौडेल टोखाको सपनतीर्थमा आएका हुन् ।

    आज सपनतीर्थमा स्नान मेला पनि सुरु भएको छ । यहाँ स्नान गर्न काठमाडौं उपत्यकासहित देशका विभिन्न भागबाट भक्तजन आएका छन् । सपनतीर्थमा स्नान गरेपछि शारीरिक रोग कुष्ठरोग निको हुनुका साथै मोकांक्षा पुरा हुने जनविश्वास छ ।

    सपनतीर्थमा मेलासँगै टोखामा विस्काः नखः (जात्रा) सुरु भएको छ । बैशाख २, ३ र ४ टोखाको मूल बस्ती जात्रा हुनेछ ।

    Facebook Comments Box