• विष्णुमति नदी सफाइ अभियान सुरु

    टोखा टाइम्स, २९ बैशाख । टोखा नगरपालिकामा पर्ने विष्णुमती नदी सफाइ अभियान सुरु भएको छ । शनिबार टोखा नगरपालिका-८ गैरीगाउँ स्थित मेरिगोल्ड पुलबाट बिहान ७ देखि ९ बजेसम्म विष्णुमती नदी सरसफाइ अभियान सुरु भएको हो ।

    विष्णुमती खोलावरिपरिको वातावरण स्वच्छ राख्न टोखा नगरपालिकाले सरसफाइ अभियान सुरु गरेको सो अभियान विगतमा पनि सञ्चालन गरेको र बीचमा रोकिएकोमा पुन आजबाट सरसफाइ अभियान सुरु गरेको टोखा नगरपालिका विपत् व्यवस्थापन समितिका संयोजक तथा टोखा नगरपालिका-७ का वडाध्यक्ष नरोत्तम रानाले बताए । ‘यो अभियान हरेक महिनाको शनिबार बिहान ०६:३० देखि ०८:३० बजेसम्म नियमित सञ्चालन हुन्छ,’ उनले भने ।

    टोखा नगरपालिका नगर कार्यपालिकाको २०८१ बैशाख २० गते बसेको बैठकबाट हरेक शनिवार विष्णुमति, साङ्गलेखोला लगायतका नदीहरुको सरसफाई अभियान नियमित रुपमा सञ्चालन गर्ने निर्णय भएअनुसार आजबाट शुभारम्भ भएको कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाले मात्र सफा गरेर विष्णुमति खोला सफा नहुने बताए । ‘टोखा नगरपालिकाले आफ्नो क्षेत्रमा परेको विष्णुमति खोलाको सफा गर्दैमा विष्णुमती खोला सफा हुने होइन यसका लागि सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनीहरु एक जुट भएर लाग्न आवश्यक छ,’ उनले भने । 

    टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले शुभारम्भ कार्यक्रममा बोल्दै कुरामा भन्दा काम गर्न तीर लाग्नु पर्नेमा जोड् दिए ।

    टोखा नगरपालिका प्रमुख प्रशासनीक अधिकृत शेरबहादुर बि.सीले टोखा नगरपालिकामा पर्ने विष्णुमति, साङ्गलेखोला लगायतका नदीहरु प्रदुषित अवस्थामा रहेका नदीहरुलाई विगतमा पनि सरसफाई गर्दै आईरहेको बताए । ‘नदी सरसफाई अभियान बीचमा रोकियो र त्यो रोकिएको अभियानलाई आजबाट पुनः निरन्तरता दिएका छौँ । टोखा नगरपालिकाको ‘स्वच्छ र हराभरा टोखा नगर’ बनाउने अभियानमा सम्पुर्ण वडाबासी सरोकारवालाहरु लागयत एक जुटभएर  बढ्न अनुरोध गर्छु,’ उनले भने । 

    सरसफाइ टोखा नगरपालिकाका ११ वटै वडाका जनप्रतिनिधि, विभिन्न शाखाका प्रमुख तथा कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी, सरसफाई अभियनमा लाग्ने सरसफाई कर्मि लगायत स्थानीय जनसमुदायको उपस्थिति थियो ।

    Facebook Comments Box