• गोंगबु विष्णुमती किनारमा बनाइएको अनाधिकृत घर-टहरामा टोखा नगरपालिकाले डोजर चलायो

    टोखा टाइम्स, काठमाडौँ । टोखा नगरपालिकाले गोंगबु विष्णुमति खोला किनाराका सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर टहरामा डोजर चलाएको  छ। नगरले बुधबार वडा नं. ९ गोंगबुस्थितगोंगबु बसपार्क क्षेत्रमा बनेका घर तथा टहराहरु भत्काएको हो।

    टोखा नगरपालिकाले विष्णुमती करिडोर निर्माणलाई प्राथमिकता दिएसँगै केही दिन अघि मात्र काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले टोखा नगरपालिकाको नाममा पत्राचार गरी तत्काल विष्णुमती करिडोरमा २० मिटरको सडक निर्माण गर्न र घर-टहरा हटाउन निर्देशन दिएको थियो ।

    लामो समयदेखि गोंगबु बसपार्क क्षेत्रमा रहेका कपडा पसलका टहरा, सामुदायिक भवन र घर भत्काउने कार्यलाई नगरपालिकाले सुरु गरेको छ । 

    नगर प्रमुख प्रकाश अधिकारीको भनाईअनुसार नयाँबसपार्क नजिक रहेको विष्णुमती किनारका टहरा पसलहरु पनि तत्कालै खाली गरेर २० मिटरको बाटो निर्माण गरिने बताएका छन् । नगर प्रमुख अधिकारीले विष्णुमती किनारमा २० मिटरको सडकबाट नयाँबसपार्क हुँदै साङला र बुढानिलकण्ठ जाने बाटो निर्माण नै नगरपालिकाको प्रमुख एजेण्डा भएको बताएका छन् । 

    टोखा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीले सुन्दर र सफा हरियाली टोखा निर्माणमा नगरपालिकाले अनाधिकृत घर/टहरा हटाउनुका साथै सार्वजनिक जग्गा संरक्षणलाई पहिलो प्राथमिता दिएको छ । खाली गरिएका जग्गाहरुमा पार्क र सडक निर्माणमा प्रयोग गरिने बिसीले बताए । 

    टोखाले वडा नं. ११ को विष्णुमती करिडोरका घर/टहरा स्थानीयलाई नै हटाउन लगाएको छ । नगरपालिकाले सार्वजनिक जग्गाहरुमा पार्क र करिडोर क्षेत्रमा २० मिटरको पक्की सडक निर्माणमा जोड दिएको छ । 

    उक्र कार्यक्रममा जनप्रतिनिधिहरु, कर्मचारी, नगर प्रहरि, नेपाल प्रहरि, सशस्त्र प्रहरि र स्थानीयको सहभागितामा वडा नं. ९ मा घर/टहरा हटाउने कार्य भएको थियो ।

    Facebook Comments Box