• चण्डेश्वरी मन्दिरमा सतीदेवीको मृत शरीरलाई बोकेर महादेवले पृथ्वी भ्रमण गर्न लागेको मूर्ति सार्वजनिक हुँदै

    टोखा टाइम्स, काठमाडौं । उर्वर भूमि नेपालले सतीदेवीको मृत शरीरलाई बोकेर महादेवले पृथ्वी भ्रमण गर्न लागेको मूर्ति यहि वैशाख १४ गते काठमाडौंको टोखा नगरपालिका २ स्थिति चण्डेश्वरी मन्दिरमा सार्वजनिक गर्न लागिएको छ । 

    शनिबार राजधानीको संवाद डबलीमा उर्वर भूमि नेपालले पत्रकार सम्मेलनको आयोजना गरी सो मूर्ति विश्वमा नै पहिलो हुने दाबी गरेको छ । सो संस्थाका अध्यक्ष गंगालाल श्रेष्ठले नेपाल र नेपाली आफ्नो मौलिक धर्म र संस्कृतिलाई त्यागेर पापतिर उन्मुख भएकोले उचित बाटोमा ल्याउन यस्तो कार्यको सुरुवात गरेको बताए । अध्यक्ष श्रेष्ठले मूर्ति सार्वजनि गर्न लागेको स्थान पौणाकि कालमा दक्ष प्रजापतिको दरबार रहेको र उक्त ठाउँमा उनले बृहस्पति महायज्ञ गरेको समयमा सोही यज्ञ कुण्डमा सतीदेविले हामफाली प्राण त्याग गरेको दाबी गरेका छन् ।

    टोखा नगरपालिका ३ का वडा अध्यक्ष रमेश डंगोलले उर्वर भूमि नेपालले संस्कृतिक सम्पदाहरुको संरक्षण तथा सम्वद्र्धन गर्न लागेकोमा खुसी व्यक्त गर्दै भने,‘नेपालको धर्म तथा संस्कृति विश्वमा नै पूरानो भएको कुरालाई यस कार्यले परिचित गर्न सघाउने छ, यसका लागि तपाईहरुलाई धन्यवाद, हाम्रो साथ रहने छ ।’ सो कर्यक्रमका प्रमुख अतिथि समेत रहेका डंगोलले यस्तो कार्यले चण्डेश्वरी मन्दिर विश्व सम्पदामा सूचिकृत गर्न सघाउने विश्वास रहेको बताए ।

    टोखा संस्कृतिक संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले उर्वर भूमि नेपालले सतीदेवीले प्राण त्याग गरेको ऐतिहासिक स्थानलाई महत्व दिएकोमा धन्यवाद दिए ।

    Facebook Comments Box