टोखा टाइम्स, काठमाडौँ । नेपाल मजदुर किसान पार्टीले मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी)को विरोध गर्दै टोखामा प्रदर्शन गरेको छ ।
बुधबार साँझ नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिद्वारा आयोजित विरोध जुलुसमा ‘देशघाती एमसीसी सम्झौता खारेज’, ‘जलविद्युत मतियार होसियार एसियाला युद्धको मैदान बनाउँ पाइदैन’, ‘अमेरिका समाराज्यबाद मुर्दाबाद’ जस्ता नारा लगाउँदै टोखा बजार परिक्रमा गरेको थियो।
विरोध र्याली गणेशस्थान मन्दिर प्राङ्गणमा पुगेर कोणसभामा परिन्त भएको थियो ।
बिहिबार प्रतिनिधि सभाको बैठकमा एमसीसी विषयमा छलफल गर्ने कार्यसूची रहेको भन्दै नेताहरुलाई खबरदारी गर्नको लागि नेपाल मजदुर किसान पार्टीले संसद भवन घेराउ गर्ने कार्यक्रम रहेको छ ।