• टोखा नगरपालिकाको आ.व. २०८१/८२ को नीति तथा कार्यक्रम पारित (पूर्णपाठ सहित)

    टोखा टाइम्स, टोखा। टोखा नगरपालिकाले नीति तथा कार्यक्रम पारित गरेको छ । आर्थिक वर्ष २०८/८२ का लागि टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमहरु सर्वसमतले पारित गरेको हो ।

    ‘नगरपालिकाको दीर्घकालीन सोच कला संस्कृतियुक्त, स्वच्छ, समुन्नत टोखा नगर” लाई सार्थक तुल्याउन संविधानले प्रदान गरेको अधिकार क्षेत्रमा नीति कानुन निर्माण, कार्यान्वयन, अनुगमन मूल्याङ्कन मार्फत नव-उद्यमी सिर्जना, स्वरोजगार, हिलो, धुलो र खाल्डाखुल्डी रहित सडक, पिउनेपानीको सहज आपूर्ति, पिछडिएका वर्गको सशक्तीकरण, सडक वत्ती सहितको सुरक्षित तथा हरित सहर निर्माण, सेवाग्राहीमैत्री शासन, मितव्ययीता, पारदर्शिता एवं उत्पादनमूलक खर्च प्रणालीलाई बढोत्तरी गर्दै टोखा नगरपालिकालाई समृद्ध टोखाः सुखी टोखावासी बनाउने टोखा नगरपालिकाको आर्थिक बर्ष २०८१/८२ को नीति रहनेछ ।’- नगर प्रमुख प्रकाश अधिकारीले बताए ।

    शुक्रबार नगर प्रमुख अधिकारीको अध्यक्षतामा  टोखा नगरपालिकाको सभाहल मैजुहिटीमा सम्पन्न  नगरसभाको पन्ध्रौ अधिवेशनको पहिलो बैठकमा नगर उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय प्रमुख शेर बहादुर बि‍.सी., कार्यपालिका सदस्य, ११ वडैका जनप्रतिनिधिहरु तथा कर्माचारीहरुको उपस्थिति रहेको थियो ।

    अधिवेशनमा नगरप्रमुखले प्रस्तुत गरेका विषयमाथी उपस्थित कार्यपालिका सदस्यहरुले आफ्ना राय, गुनासा तथा सुझाव राखेका थिए ।

    नगरपालिकाको चालु आ.ब. को जेठ मसान्तसम्म कूल आम्दानी रु. १ अर्ब ५५ करोड ३५ लाख ९९ हजार मात्र भएको र व्यय तर्फ रु ९५ करोड ४ लाख ८२ हजार खर्च रहेको छ, भने बाँकी कार्यान्वयनको चरणमा रहेको छ ।

    आ.व. २०८१/८२ को नीति तथा कार्यनीतिको कार्यान्वयन पश्चात् नगरको आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत विकास तथा सुशासनको क्षेत्रमा उल्लेख्य सुधार मार्फत कला संस्कृतियुक्त, स्वच्छ, समुन्नत टोखा नगर निर्माण भई नेपाल सरकारले लिएको राष्ट्रिय दीर्घकालीन सोच “समृद्ध नेपाल, सुखी नेपाली पुरा गर्न योगदान पुर्याउने र नागरिकको जीवनस्तरमा सुधार हुने विश्वास लिएको नगर प्रमुख अधिकारीले बताए ।

    उनले प्रस्तावित नीति तथा कार्यक्रममा सभाको पूर्ण समर्थन र कार्यान्वयनमा सबैवाट सक्रिय सहयोग प्राप्त हुने विश्वास लिएको समेत बताए ।

    नगरपालिकाले आ.व २०८१/८२ को बजेट घोषणा आगामी असार १० गते गर्ने भएको छ ।

    नगर प्रमुख अधिकारीले  अधिवेशनमा प्रस्तु गरेका आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमहरु (पूर्णपाठ)

    Facebook Comments Box