• टोखा टाइम्स

    • प्रकाशित मिति:१२ असार २०८१, मंगलवार


    बिज्ञापन
  • आफ्नो जिभ्रो हेरिहाल्नोस् त ! अहिले तुरुन्तै !!

    टोखा टाइम्स । डक्टर वैद्यहरूले बिरामीको जिभ्रो, आँखा र नाडी जाँच किन गर्छन्, थाह छ ? प्राय: रोग हामीलाई एकाएक लाग्दैनन्, शरीरमा ती क्रमिक रूपमा विकास हुन्छन् । थाहै नपाई हामीभित्र रोगहरू हुर्किरहेका पनि हुन सक्छन् । रोग जीर्ण भइसकेपछि उपचार खर्चिलो र कष्टसाध्य होइन कहिलेकाँही असाध्य र अपार पनि बन्न सक्छ ।

    तर सुर्ता मान्ने र आत्तिइहाल्नु पर्ने कारण छैन । किनभने हाम्रो स्वास्थ्य अवस्था र रोगको उपस्थितिबारे हाम्रै जिभ्रोले धेरे हदसम्म बताइरहेको हुन्छ । फटाफट एउटा ऐना लिनोस् र आफ्नो जिभ्रोले के सङ्केत गरिरहेको छ, गौर गरेर हेर्नोस् । बस्, याद रहोस् – जिभ्रोको कस्तो कस्तो रङ्गमा कुनकुन रोगहरूको सम्भावना रहन्छ । तर यही नै अन्तिम निदान भने होइन, प्रवल सम्भावना सम्म अवश्य हो ।

    स्वस्थ मान्छेको जिभ्रो हल्का गुलावी रङ्गको हुन्छ र त्यसमा खास कुनै अन्य रङ्ग, लेउ/कोटिङ्, धब्बा वा चिरिएको अवस्था हुँदैन । तर व्यक्ति रोगी छ भने जिभ्रो त्यस्तो रहन्न र त्यसमा रोग अनुसार बिभिन्न रङ्ग र बदलाव देखिन्छन् । यहाँ तिनै बदलावले सङ्केत गर्ने कैयौं सामान्य अर्थात् चल्तीका समस्याहरूको सहज अनुमानलाई उल्लेख गरिएको छ । हुनपनि जिभ्रो स्वास्थ्य परीक्षणको पहिलो आधार भएकोले यसको अवस्थाले धेरै रोगलाई प्रतिबिम्बित गर्नसक्छ ।

    १. सेतो – जिभ्रोमा सेतो रङ्गको लेउ वा धब्बाहरू

    संभावनाहरू – ग्यास, कब्जियत र पाचन तन्त्रका गडबडी, कुपोषण, रक्तअल्पता, फङ्गल सङ्क्रमण, मुखभित्र वा अन्यत्र छालाको सङ्क्रमण (लाइकन प्लानेस), चुरोट-सूर्ती सेवनको असर (ल्युकोप्लेकिया), कलेजोको समस्या, कमजोर इम्युनिटी, डिहाइड्रेशन र कहिलेकाँही भिरङ्गी रोग र एचआइभी समेत ।

    २. कालो – रक्तअल्पता (अनिमिया), कमजोर इम्युन सिस्टम, फङ्गल सङ्क्रमण, एण्टिबाइयोटिक औषधिको दुस्प्रभाव, चुरोट-सूर्तीको असर, ब्लड क्यान्सर ।

    ३. प्याजी – हृदय रोग, अङ्ग विशेषमा रक्त सञ्चालनको समस्या (स्टेइसिस), ब्रोङ्काइटिस, कलेस्टरोल वृद्धि, भाइटामिन-बी कमी, बच्चाहरूमा रक्तनलीहरूको सुजन (कावासाकी), धुम्रपान, पित्तवृद्धि, पाउलिसेफिमिया वेरा (रक्त क्यान्सर) ।

    * रातो छाया बढीहुने प्याजी – कोरनरी हार्ट रोग, ब्लड स्टेइसिस, मुटुको समस्या (एन्जाइन), ज्यादा मद्यपान र कलेजोको समस्या ।

    * निलो छाया बढीहुने प्याजी – माथिका अतिरिक्त टिस्यु/तन्तुहरू नष्टहुने, सुक्ने, जोर्नी र मांशपेशीको दुखाइ (एट्रफी) ।

    ४. रातो – एलर्जी प्रतिक्रिया, छाला चिलाउने, सुक्खाहुने र डाबर आउने संक्रमण (एक्समा), #कावासाकी, उच्चज्वरो, डिप्रेसन, अनिद्राको अवस्था, मानसिक अस्थिरता/असन्तुलन, भाइटामिन-बी कमी, जिभ्रो सुन्निने र दुख्ने (ग्लसाइटिस), मधुमेह, पेलाग्रा (भाइटा-बी ३ नायसिनको कमी), #पाउलिसेफिमिया वेरा, पेटको अम्लपित्त, कब्जियत, स्कालट फिवर, जीवाणु सङ्क्रमणले ल्याउने ज्वर (फिब्राइल इलनेस), पानीको कमी ।

    * जिभ्रोको टुप्पो मात्र रातो – रिस, आवेगको अवस्था, मुटु र फोक्सोको उष्णता/जलन ।

    ५. खैरो#एक्समा, पेप्टिक अल्सर, पाचन गडबडी, चिसो/ठण्डी लाग्नु, #ल्युकोप्लेकिया

    ६. पहेंलो – कमलपित्त (जन्डिस), एन्टिबाइओटिक दुस्प्रभाव, एलर्जी प्रतिक्रिया. आइरन लगायत खनिज तत्वको कमी, रगतको कमी, पित्तवृद्धि, अटो इम्युन रोग, मधुमेह, टाइफोइड ज्वरो, बढ्ता मद्यपान, जीवाणु-विषाणु संक्रमण, स्नायु/मस्तिष्क रोग डिहाइड्रेइसन धुम्रपान-सुर्तीसेवन ।

    ७. सुन्तले – फुड पोइजनिंग, फङ्गल-ब्याक्टिअरियल इन्फेक्शन [थ्रस], एन्टिबाइओटिक औषधिको असर, एलर्जी, भाइटामिनहरूको कमी ।

    ८. हरियो – फङ्गल-ब्याक्टिअरियल इन्फेक्शन, #लाइकन, #ल्युकोप्लेकिया

    . निलो – शरीरमा अक्सिजन कमीको अवस्था (सेन्ट्रल साइनोसिस), मुटु र रक्तनलीको गम्भीर समस्या, स्वास प्रश्वास सम्बन्धि रोग, मृगौलाको समस्या र #अक्सिमा

    यो अलिकन कठिन अवस्थाको सूचक हुनाले ज्यादा सावधान पनि रहनु आवश्यक छ. गर्भवती महिलाहरूमा गर्भपात सम्मको अवस्था निम्तिन सक्छ ।

    ०. फुस्रो रङ्ग – रगतको कमी, कमजोरी/नातागत, पेटका रोग, फियो बढेको, अनिद्रा, जलवियोजन (डिहाइड्रेइसन) आदि ।

    यसमा स्मृति क्षय, हात खुट्टामा झम्झमाहट र लाटोहुनु, रिङ्गटा लाग्नु/चक्कर आउनु, पुरुषमा यौन दुर्वलता/नपुंसकता र महिलामा अनियमित महिनावारीका संभावना रहन्छन् ।

    ११. जिभ्रो फाटेको/चिरिएको – पोषणको कमी, भाइटामिन बि-१२, आइरन र फोलिक-एसिडको कमी ।

    १२. चिल्लोपन – भाइटामिन बि-१२ र आइरनको कमी, अपच/अजिर्ण अर्थात म्यालअब्जोप्शन ।

    अक्सिजन नपुगेर जिभ्रोको सतहलाई खस्रो तुल्याउने पपिलाइ/टेष्टबडहरू नष्ट हुनाले जिभ्रो चिल्लो देखिन्छ ।

    १३. खस्रोपन – रक्तश्राव (हेमरिज), मधुमेह, डिहाइड्रेइशन, किड्नीको क्षमतामा ह्रास ।

    १४. भौगोलिक नक्सा जस्तो जिभ्रो – सोराइअशिस्, भाइटामिनहरू, जिङ्क, आइरन, फोलिक एसिडको डेफिसिन्सी, एलर्जी, #लाइकन, महिलाहरूमा हर्मोउनल असन्तुलन, तनाव र धुम्रपान ।

    १५. जिभ्रोको किनारामा लहरै दाँतको छाप/चिन्ह – आँत र ठूलो आन्द्राको समस्या, भोकमा ह्रास र कमजोर पाचन शक्ति ।

    १६. माझमा ठाडो चिरिएको लाइन – मेरुदण्डको रोग, क्याल्सिअम डेफिसिअन्सी, ग्यास, एसिडिटी र स्ट्रेशको अवस्था !

    अन्तिममा अर्को एउटा कुरा जोडिहालौं ।

    माथि बताइएका रङ्ग र अवस्था जिभ्रोमा प्रकट भएका बिन्दु/स्थान हेरेर पनि प्रभावित अङ्ग खासमा कुन हुनसक्छ, थप खुट्याउन सकिन्छ । #तलको चित्र

    . जिभ्रोको फेंदमा – बीचमा सानो, ठूलो आन्द्रा, दायाँतर्फ बायाँ किड्नी र बायाँतर्फ दायाँ किड्नी

    २. जिभ्रोको माझमा – बीचोबीच पेट र प्याङ्कृयाज, दायाँ फियो (स्प्लीन) र बायाँ कलेजो

    ३. जिभ्रोको टुप्पोतिर – बीचमा हृदय, दायाँतर्फ बायाँफोक्सो र बायाँतर्फ दाहिने फोक्सो ।

    तपाईंको प्रतिक्रिया तथा सुधार र संशोधन गर्नुपर्ने कुरामा जानकारी दिनुहुन अनुरोध छ ।

    Facebook Comments Box