• टोखा टाइम्स

    • प्रकाशित मिति:१३ फाल्गुन २०७८, शुक्रबार


    बिज्ञापन
  • टोखा चण्डेश्वरी अस्पतालका अध्यक्ष महर्जनद्धारा पदभार ग्रहण

    टोखा टाइम्स । टोखा चण्डेश्वरी प्रादेशिक अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष युथ महर्जनले शुक्रवार पदभार ग्रहण गरेका छन् ।

     

    स्वास्थ्य मन्त्रालय वागमती प्रदेशबाट अस्पतालको अध्यक्ष पदमा नियुत्त भएका डंगोलले शुक्रवार अस्पतालमा आयोजित एक कार्यक्रममा पदभार ग्रहण गरेका हुन् ।

     

    कार्यक्रममा टोखा नगरपालिका २ नम्बर वडाका वडाध्यक्ष दिपकराज जोशी, वडा सदस्य पञ्चकुमारी श्रेष्ठ प्रेमकृष्ण खड्गी, टोखा नगरपालिका ३ नम्बर वडाका वडासदस्य हरिमान श्रेष्ठ, नेकपा माओवादी केन्द्र टोखा नगर २ कमिटीका अध्यक्ष राजेन्द्र श्रेष्ठ,  पूर्व गाविस अध्यक्ष कहिनारायण श्रेष्ठ, नेकपा एसका जिल्ला सदस्य तथा टोखा नगर कमिटी सचिव माईला श्रेष्ठ, अस्पतालका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box