• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१६ असार २०८१, शनिबार


    बिज्ञापन
  • इतिहासकार बालचन्द्र शर्माको जीवनी “ बालचन्द्र शर्मा व्यक्तित्व र साधना “ पुस्तक लोकार्पण

    टोखा टाइम्स । १५ असार २०८१

    काठमाडौं । साहित्यकार घटराज भट्टराई द्दारा लिखित कृती “ बालचन्द्र शर्मा व्यक्तित्व र साधना “ को एक भब्य कार्यक्रमको साथ पूर्व उप्रधान मन्त्री ईश्वर पोखरेल, विनोद भटराई, डा. सुधांसु दाहाल, साधना दाहाल र कल्पना कौसिक लगायतले सामुहिक रुपमा शुक्रवार लोकार्पण गरेका छन्। साहित्यकार घटराज भटराईले वि. सं २०४४ सालमा लेख्नु भएको पुस्तकलाई बालचन्द्र शर्माको जेठी छोरी कल्पना कौसिकले परिमार्जन गरी यो पुन : प्रकासन गरेको पुस्तक हो ।

    “ बालचन्द्र शर्मा व्यक्तित्व र साधना “ पुस्तकको बारेमा बोल्दै अतिथि विनोद भटराईले बालचन्द्र शर्माले देश समाज , विधार्थी र समुदायको उन्नतिको निम्ति उनले गरेको त्याग देशलाई प्रचार प्रसार उत्थानको लागि राजदुत भएर विश्वका विभिन्न स्थानमा भ्रमण गर्नुको साथै सबैलाई चेतना र सन्देश दिएको बताएका थिए। साथै बालचन्द्र शर्माले जहिले पनि देश र समाजलाई सकारात्मक दिशा तर्फ लैजाने बारेमा आफ्नो धारणा राखेका थिए।

    यसैगरी घटराज भटराईकी छोरी साधना दाहालले पनि मर्ने पनि भाग्यमानी जन्मने पनि भाग्यमानी भन्दै यी दुवैजना महान व्यक्तित्व भएको प्रकास पारिन। वि. सं २०४४ सालतिर, बुबा घटराजले धमाधम १ वर्षमा लेखेर सो पुस्तक निकाल्दा निकै खुशी भएकी थिए।
    यसले गर्दा हाम्रो दुई परिवारको राम्रो सम्बन्ध छ।आज म ईतिहासलाई सम्झिदैछु। बालचन्द्र सर निकै सालिन र भद्र व्यक्तित्व हुनुहुनथ्यो। । मेरो बुबा घटराज पनि । दुवै जना आआफ्नो ठाउमा अमर छन्।हामी दुवै परिवार नजिक छौ सौभाग्यपूर्ण सहित।

    अन्त्यमा , आफ्नो भनाइ राख्ने क्रममा पुस्तक लेखनको समयमा बालचन्द्र शर्माको छोरी कल्पना कौसिकले अब चाडै अर्को ऐतिहासिक पुस्तक “ नेपालको ऐतिहासिक रूपरेखा “ पाठक माझ लिएर आउने जानकारी पनि दिएका थिए । हाल म फ्रान्समा बस्छु । म आफ्नो जीवनमा तीन जना व्यक्त्त्विहरूमा आदरणीय, बुबा, मुमा र घटराज भट्टराई बाट प्रेरित छु र कृतज्ञ पनि । मलाई प्रोसाहन दिने सबै प्रति आभारी छु। उनले बताईन।

    Facebook Comments Box