टोखा (टोखा टाइम्स) । लियो क्लव अफ काठमाडौं टोखाले एस.इ.ई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानका साथै करियर काउन्सिलिङ कार्यक्रम गर्ने भएको छ । आज एक पत्रकार सम्मेलन गर्दै लियो क्लव अफ काठमाडौं टोखाले उक्त कार्यक्रमको बारेमा जानकारी दिएको हो ।
टोखा नगरपालिका स्तरीय विद्यालयका २०८० को एस.इ.ई परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानका साथै करियर काउन्सिलिङ कार्यक्रम गर्न लागेको क्लवका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।
धेरै जसो एस.इ.ई पछि के विषय लिएर पढ्ने भन्नेमा विद्यार्थीहरू अन्योलमा पर्ने गरेकाले विज्ञहरूद्वारा विद्यार्थी लक्षित करियर काउन्सिलि कार्यक्रमको आयोजना गर्न लागेको क्लबका अध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रम यही असार १८ गते मंगलबार बिहान ११ बजेदेखि टोखाको तुरचा स्थित सद्भाव पार्टी प्यालेसमा हुनेछ । कार्यक्रममा विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समेत रहनेछ ।
टोखाको तुरचा स्थित सद्भाव पार्टी प्यालेसमा भएको पत्रकार समेलन कार्यक्रममा क्लवका पदाधिकारीको उपस्थिति रहेको थियो ।