काठमाडौ । टोखामा खानेपानी समस्या समाधान गर्न मेयर प्रकाश अधिकारी सहितका टोली त्रिपुरेश्वर स्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड पुगेको छ । नगरपालिकाले विभिन्न वडाहरुमा खानेपानीको पाइपलाइन बिच्छ्याउने काम र आवश्यक समाग्री र पूर्वाधार बनाइसकेको भएपनि खानेपानी लिमिटेडले पानी बितरण गरेको छैन ।
नगरपालिकाले केयूकेल , खानेपानी लिमिटेड लगायतका निकायहरुसंग पटक पटक आग्रह र संवाद गर्दा पनि बिभिन्न बाँहानामा पानी बितरण नभएपछि मंगलबार मेयर प्रकाश अधिकारी सहीतका टोली खानेपानी लिमिटेड पुगेको हो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत अशोक पौडेलसंग विविध विषयमा छलफल गरी तत्काल खानेपानीको समस्या समाधान गर्ने माग मेयर प्रकाश अधिकारीले गर्नुभएको छ । तत्काल खानेपानीको समस्या समाधान नभएमा आन्दोलन गर्ने चेतावनी समेत नगरपालिकाले दिएको छ ।
यसैबिच त्रिपुरेश्वर स्थीत काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत प्रमुख अधिकृत अशोक पौडेलले ७ दिन भित्र खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता गर्नुभएको छ ।
डेलिगेशनमा टोखा नगरपालिकाको प्रमुख प्रकाश अधिकारी , वार्ड नं ५ को वडा अध्यक्ष मदन गुरुङ, वडा नं ७ को वडा अध्यक्ष नरोतम राना , वडा नं ११ को घनश्याम खड्का वडा नं ८ को वडा सदस्य अनुप कुमार राई ,युवा नेता विदुर राना मगर ,वार्ड नं ५ र ७ का टोल बासीहरु खानेपानीको समस्या समाधानको लागि उपत्यका खानेपानी संस्थान त्रिपुरेश्वरमा जानुभएको थियो ।