• लियो क्लब टोखाद्वारा विद्यार्थी सम्मान

    टोखा टाइम्स, काठमाडौ । लियो क्लब अफ काठमाडौं टोखाले एसइई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान गरेको छ। केही दिनअघि प्रकाशित एसईई नतिजामा उत्तीर्ण गरेका टोखा नगरपालिकाका विद्यार्थीहरुलाई क्लबले सम्मान गरेको हो ।

    टोखा स्थित सद्भाव वैङ्क्वेट आयोजित कार्यक्रममा विद्यार्थी लक्षित विभिन्न क्षेत्रका विज्ञहरुले करियर काउसिलिङ गरेका थिए ।

    एसईई उत्तीर्ण गरेर उच्च शिक्षाको लागि कुन विषय लिएर अध्ययन गर्ने भन्ने धेरै विद्यार्थीहरुमा खुल्दुली र अन्योल रहने गर्दछ यस कार्यक्रमले विद्यार्थीहरुमा रहेको अन्योल र खुल्दुली मेटिने विश्वास लिएको लियो क्लव अफ काठमाडौं टोखाका प्रेसिडेन्ट दिनेश श्रेष्ठले बताए ।

    प्यानेलिस्टहरू रमेश जोशी (सीजी कर्प ग्लोबल चौधरी ग्रुपका पुर्व महाप्रवन्धक तथा फाउडर र कार्यकारी अध्यक्ष फाइनान्स फ्रेन्ड प्राइभेट लिमिटेड) बिप्लब कार्की (Hyperco CTO संस्थापक तथा Clamphook का सहसंस्थापक), निहारिका डंगोल (JYAA Crochet Fashion संस्थापक फेसन डिजाइनर), निभा शाक्य (प्रमाणित करियर कोच सह-संस्थापक र सीईओ क्यारियर कोच नेपाल (CCN)) ले कार्यक्रममा विश्वमा पछिल्लो समयमा देखा परेका क्षेत्र सम्भावनाहरुको मार्गनिर्देश गरेका थिए ।
    कार्यक्रममा कलेजका प्रतिनिधि अतिथि बक्ताहरुले विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि मार्गनिर्देश गर्दै आफुलाई मन लागेका र बजारमा चलेका विषय लिएर अध्ययन गर्न सुझाएका थिए ।
    कार्यक्रममा लियो राज श्रेष्ठ, लियो हेलिन लवट र लियो सपुत श्रेष्ठले विद्यार्थीहरुलाई सम्मान पत्रले सम्मान गरेका थिए । उक्त कार्यक्रममा निभा डंगोल, टेम्पटेसन ब्यान्ड लगायतले आफ्नो साँगीतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।
    Facebook Comments Box