• टोखा टाइम्स

    • प्रकाशित मिति:१४ फाल्गुन २०७८, शनिबार


    बिज्ञापन
  • सपनातीर्थ सहकारीको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

    टोखा टाइम्स । श्री सपनातीर्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, टोखाको आयोजनामा शनिबार बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    ´रक्तदान जीवन दान` भन्ने मूल नाराका साथ नेपाल रेडक्रससँगको सहकार्यमा शनिबार टोखाको गणेशस्थान मन्दिर प्राङ्गणमा आयोजित बृहत् रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष राजु श्रेष्ठले बताए ।

    सहकारीले विगत २-३ वर्षदेखि नियमित बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । सहकारीको नियमित कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

    Facebook Comments Box