• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१९ श्रावण २०८१, शनिबार


    बिज्ञापन
  • झोरमहाँकाल विद्यालयका विद्यार्थीलाई जुत्ता वितरण

    टोखा टाइम्स, १९ श्रावण २०८१
    राष्ट्रिय स्वतन्त्र पार्टी टोखा नगर समितिको पहलमा टोखा नगरपालिका वडा नम्बर १ अवस्थित श्री झोरमहाँकाल माध्यमिक विद्यालयका ५० जना छात्र तथा छात्रालाई निःशुल्क जुत्ता वितरण गरिएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी टोखा नगर समितिको पहलमा टोखा नगरपालिका वडा नम्बर ३ अवस्थित मोडन फुटवेरका सञ्चालक केशर प्रधानले शुक्रबार उक्त जुत्ता प्रदान गरेको हो ।

    उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेश सदस्य सुमन कुमार धितालका साथै बागमती प्रदेश, पर्यटन तथा सांस्कृतिक विभागका प्रमुख लक्ष्मण सिटौला, टोखानगर समितिका सभापति सूर्यप्रसाद काफ्ले लगायत नगर पदाधिकारी तथा टोखा नगर वडा १ का सभापति हरिकृष्ण अधिकारीको उपस्थिति रहेको थियो।

    Facebook Comments Box