टोखा टाइम्स, काठमाडौं । जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान), ग्लोबल आईएमई बैंक लिमिटेड र आईएमई लिमिटेड बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा जाल्टानका अध्यक्ष राजेन्द्र के सी, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा आईएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशिल थापाले हस्ताक्षर गरेका छन् ।
उच्च शिक्षाका लागि जापान जान चाहने विद्यार्थीलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो ।समझदारी अनुसार बैंकले जाल्टानबाट सिफारिस भएका विद्यार्थीलाई जापानका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षाका निमित्त आवश्यक पर्ने शैक्षिक कर्जा प्रवाह गर्नेछ ।
यसैगरी जापान गए पछि विद्यार्थीहरुले जापानबाट आईएमईबाटै सजिलैसँग नेपालमा पैसा पठाउन सक्नेछन् ।