• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:५ भाद्र २०८१, बुधबार


    बिज्ञापन
  • विष्णाप सहकारीको बृहत् रक्तदान कार्यक्रम सम्पन्न

    टोखा टाइम्स । विष्णाप बचत तथा ऋण सहकारी संस्था लिमिटेड टोखाले बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले १२ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

    बुधबार टोखाको सरस्वती चौरमा सम्पन्न कार्यक्रममा ९९ जनाले रक्तदान गरेको संस्थाका प्रबन्धक श्याम कृष्ण डंगोलले जानकारी दिए ।

    संस्थाका प्रबन्धक डंगोलले कार्यक्रममा सहभागी भई सफल पारेकोमा धन्यवाद व्यक्त गर्दै भने-‘सहकारीको १२ स्थापना दिवसको शुभ अवसरमा आयोजित रक्तदान कार्यक्रममा आफ्नो अमुल्य रक्तदान गरी महादान गर्नुहुने सम्पुर्ण दाताहरु तथा झरीको प्रवह नगरी आजको कार्यक्रममा सकृयरुपमा लागि पर्नुहुने सम्पुर्णकर्मी साथीहरु एवम शेयर सदस्यहरुमा हृदय देखि धन्यबाद ब्यक्त गर्दछु।’

    विगत ११ वर्षदेखि संस्थाले आफ्नो स्थापना दिवसका अवसरमा नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा रक्तदातालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

    त्यस्तै संस्थाले आफ्नो ११ औं वार्षिक साधारण सभा आगामी १७ गते गर्दैछ ।

    Facebook Comments Box