• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२३ भाद्र २०८१, आईतवार


    बिज्ञापन
  • पत्रकार हिक्मत डंगोलको नयॅा पुस्तक सार्वजनिक

    टोखा टाइम्स । पत्रकार हिक्मत डंगोलको पुस्तक “ टोखाका धार्मिक तथा सांस्कृर्तिक सम्पदा” सार्वजनिक गरिएको छ । शनिबार टोखा नगरपालिका वडा नं- ३ मा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो ।टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले उक्त पुस्तक सार्वजनिक गरेका थिए ।

    उनका यस अघि विदेशी कथा सङ्ग्रह “ प्रारम्भ “भाग एक र दुई प्रकाशित भएका थिए ।

    लिच्छविकालमा अस्तित्वमा आएको मानिएको टोखाको अस्तित्व इतिहास र विविधतासहितको बसोबास रहेको पुस्तकले चर्चा गरेको छ।

    टोखाको पहिलो रैथाने मानिएका नेवार समुदायको धार्मिक चाडपर्व, जात्रा, संस्कृति, भजनलाई समेत छुट्टै खण्डमा चर्चा गरिएको छ। टोखामा पनि नेवारी समुदायले मनाउने बिस्का जात्रा र खडग जात्रा बारे रोचक र ऐतिहासिक पक्ष पुस्तकको एउटा विशेषता हो।

    पत्रकार भएर पनि टोखाको इतिहासमा योगदान दिएको टोखा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष रमेश डंगोलले जनाउनुभएको छ।

    प्राध्यापक डा. सुरेन्द्र के. सी भन्नुहुन्छ- “ टोखाका प्रत्येक त्यससँग सम्बन्धित इतिहास, साहित्य, सञ्चार, कला, संस्कृति आदिको अध्ययन तथा प्रकाशनले हाम्रो सम्पदालाई नै वैभवशाली बनाउँछ । यस्ता अध्ययन–अनुसन्धानमूलक कृतिले नयाँ पुस्तालाई मार्गदर्शन गर्छन् नै, संरक्षण र विकासका लागि पनि सञ्चारकर्मीलाई घच्घच्याउँछ । आगामी दिनमा पनि थप अनुसन्धान हुन सकेमा टोखामा इतिहास अध्ययनको पाटो झन् परिपूर्ण हुन सक्ने विश्वास गर्न सकिन्छ । “ उनले भने।

    “ पत्रकारले तथ्यको संकलन गर्छ। जनतालाई तथ्यगत समाचार सञ्चार गर्छ। अर्थात् पत्रकारको काम तथ्यगत समाचार प्रसारण गर्नु हो। विचार प्रसारण गर्नु होइन। यद्यपि तथ्यगत इतिहास लेखन महत्त्वपूर्ण हुन्छ। इतिहासकारले तथ्यहरूका आधारमा निश्चित कुनै कालखण्डमा के भइरहेको थियो भनेर तथ्यको विश्लेषण र व्याख्या गर्छ। त्यसैले त भनिन्छ, पत्रकारहरू विषय ‘प्रसंग’ केन्द्रित हुन्छन्। इतिहासकारहरू विषय ‘सन्दर्भ’ केन्द्रित हुन्छन्।” आर्टिटेक्ट सुरेन्द्र खनालले बताए।

    कार्यक्रम सन्चालक गजराज श्रेष्ठले इतिहास र परिवर्तनका विभिन्न पक्षलाई यो सरल भाषामा चित्रण गरिएको बताए। यसैगरी टोखा साहित्य दबु का सभापति बाबुलाल डंगोलले यो पुस्तकले विकास र संस्कृतिलाई परिपूरकको रुपमा लिएर अघि बढ्न प्रेरित गर्ने बताए।

    विमोचन कार्यक्रममा टोखा एवम् बाह्र बौद्धिक वर्ग भिक्टर प्रधान लगायत, साहित्यकार लेखक, विकास प्रेमी तथा ऐतिहासिक प्रतिनिधिहरूको उपस्थिति थियो।

    यस अघि कार्यक्रममा टोखा साहित्य दबुको कविता पुस्तकको समेत विमोचन गरिएको थियो ।

    Facebook Comments Box