• टोखा टाइम्स

    • प्रकाशित मिति:१७ फाल्गुन २०७८, मंगलवार


    बिज्ञापन

    एमसीसी सम्झौता विरूद्ध नेमकिपाको विरोध सभा

    टोखा टाइम्स, काठमाडौँ । मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी) सम्झौता देशघाती भएको भन्दै नेपाल मजदुर किसान पार्टीले विरोध सभा गरेको छ ।

     

    मंगलबार बिहान नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिद्वारा आयोजित विरोध सभामा गत फागुन १५ गते संसादबाट मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी) देशघाती सम्झौता अनुमोन गरेको भन्दै विरोध सभा गरेको हो ।

     

    कार्यक्रममा सत्ता गठबन्धका नेकपा माओबादी केन्द्र नेकपा एसको १२ बुँदे व्याख्यात्मक टिप्पणीको कुनै टुक नरहेको भन्दै सार्वभौम देशलाई गुलामी बनाउन नेपालका राजनीतिक दलहरू लागि परेको कार्यक्रममा वक्ताहरूले आरोप लगाएका थिए ।

     

    कार्यक्रमका वक्ताहरूले देशको सार्वभौमताको रक्षा गर्न सम्पूर्ण राष्ट्र प्रेमी जनताहरू सचेत र जागरूक भएर देशघाती, नोकरशाही दलालहरूको विरोधमा एक जुटभएर लाग्नु पर्ने आजको आवश्यकता भएको समेत बताए ।

     

    टोखाको गणेशस्थान मन्दिर प्राङ्गणमा भएको कार्यक्रममा नेमकिपाका केन्द्रीय समदस्य राजवीर डंगोल र काठमाडौं जिल्लाका सहसचिव विशोक डंगोलले सम्बोधन गरेका थिए ।

    एमसीसी सम्झौतालाई लिएर नेमकिपाले देशभर विरोध सभा गर्दै आइरहेको छ ।

    Facebook Comments Box