• टोखा टाइम्स

    • प्रकाशित मिति:७ मंसिर २०८१, शुक्रबार


    बिज्ञापन
  • आज काठमाडौंमा एमालेको ‘शक्ति प्रदर्शन’, एक लाख मानिस उतार्ने दाबी

    टोखा टाइम्स, काठमाडौं । जागरण सभामा कार्यकर्ता र समर्थक गरी एक लाख उतार्ने लक्ष्य लिएको सत्तारुढ दल नेकपा (एमाले)ले आज (शुक्रबार) काठमाडौंमा ‘शक्ति प्रदर्शन’ गर्दैछ ।

    अराजकतावादीले जबरजस्ती निराशा छर्न खोजेका र देशमा केही भएको छैन सन्देश दिन ‘जागरण सभा’ कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ ।

    सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि कार्यक्रम आयोजना गरिएको एमालेले भनाइ छ । एमालेले जागरण सभामा कार्यकर्ता र समर्थक गरी एक लाख उतार्ने लक्ष्य लिएको छ ।

    जागरणसभाका संयोजक स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले उपत्यकाको ३ जिल्ला, जनसंगठन, सम्पर्क कमिटीसहितको उपस्थिति हुने भएकाले त्यति संख्या पुर्याउने दाबी गरे ।

    भट्टराई कम्बोडिया गएपछि एमाले बाग्मती अध्यक्ष कैलाश ढुंगेल जागरणसभाका संयोजक भएका छन् ।

    जुलुस साढे ११ बजेबाट सुरु भई १२ बजे सभामा परिणत हुने बताइएको छ । भद्रकालीबाट सुरु हुने जुलुस, न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क घुमेर दरबारमार्गको सडकमा सभामा परिणत हुनेछ । दरबारमार्गमा नारायणहिटी संग्राहलयअगाडि सभा हुनेछ ।

    सभामा एक लाख मानिस सहभागी गराउने लक्ष्य रहेको सो दलका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

    पूर्वमा जयनेपाल हलदेखि तल र ठमेलतर्फ केशरबहलबाट माथि दरबारमार्गतर्फ बाटो बन्द हुनेछ । जमलबाट दरबारमार्गतर्फ जाने बाटो पनि बन्द हुनेछ । यी बीचमा एमालेको कार्यक्रम हुनेछ । कार्यक्रममा सयौँ जना स्वयम्सेवक खटिने छन् ।

    जुलुस र सहभागिता बढ्ने देखिएकाले पूर्वनिर्धारित स्थल भृकुटीमण्डपमा ट्राफिक व्यवस्थापनमा समस्या हुने देखिन्छ । सर्वसाधारणलाई मर्का पर्ने देखिएकाले फराकिलो र एउटा सडकमात्र प्रभावित हुने ठाउँ खोजिएको एमालेले जनाएको छ ।

    सभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलगायत अन्य वरिष्ठ नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

    Facebook Comments Box