• टोखा टाइम्स

    • प्रकाशित मिति:९ पुष २०८१, मंगलवार


    बिज्ञापन

    CONTEMPORARY PALETTE Exhibition-2024 को समुद्घाटन

    काठमाडौं , पौष ९ गते

    1st Vice District Governor , International District 325 I प्रमुख आतिथि लायन्स पार्वति खरेल पाण्डे ज्यु बाट पानसमा बत्ति बालि सोन्जा आर्ट ग्यालरी, होटल आर्टस काठमाडौं, ठमेलको ८ अौ तल्लामा क्लबका अध्यक्ष किरण कुमार सिगु ज्युको अध्यक्षतमा सम्पन्न भएको छ ।

    लायन्स क्लब अफ काठमाडौं फाइन आर्ट्सको आयोजनामा  'Contemporary Palette 2024’ सुरू भएको छ । कलाक्षेत्रमा केही पृथक कार्य गर्ने उद्देश्यका साथ सन् २०१९ ताका "लायन्स क्लब अफ काठमाडौं फाईन आर्टस" स्थापना भएको आजको कार्यक्रममा अग्रज कलाकार बिपिन घिमिरे ( पुर्व सदस्य सचिव , नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान/ पुर्व ललितकला क्याम्पस प्रमुख), IWS अध्यक्ष  एन बि गुरुङ , ए सि सुमन , बिशिष्ट अथिति : लायन  जनार्दन फुयल (  District  chief Co-Advisor  325 i),  अथिति: पुर्ण बहादुर कार्कि ( District Region Chairperson, 325 I) अथिति सोन्जा भट्ट (ओनर सोन्जा आर्ट ग्यालरी), लायन रमेश कुवर ( रिजन चियरपर्सन/ संस्थापक अध्यक्ष )  लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो । 
    
    जनवरि ३  सम्म चल्ने प्रदर्शनीमा १६ जना कलाकारका कलाकृति राखिएको छ । प्रदर्शनीमा जोन चियरपेर्सन/ चार्टर प्रेसिडेन्ट : लायन   चिरञ्जीवी भट्ट ,अग्रज  कलाकार क्लबको प्रमुख सल्लहाकारहरु:  लायन उमेश श्रेष्ठ र लायन  शुष्मा राजभण्डारी , नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान चित्रकला बिभाग प्रमुख: संजय प्रमुखप्रमुख: लायन किरण कुमार सिगु, लायन योति खडका, लायन शुष्मा श्रेष्ठ, लायन जनक अधिकारी, लायन सुदन कुमार सिंह, लायन सुमन कुमार श्रेष्ठ, लायन   श्याम कृष्ण उदास, चाँदनी बज्रचार्य, आर्य राजभण्डारी, सुभद्री शुभा, हेमा दास र राखी कर्णका कलाकृतिहरु राखिएको छ ।

    यो कार्यक्रम लाई सफल पार्न सहयोग गर्नुहुने जोन चियर्पर्सन / चार्टर प्रेसिडेन्ट चिरञ्जीवी भट्ट, प्रमुख सल्लाहकार उमेश श्रेष्ठ , अहोरात्र खट्नु हुने क्लबका कार्यक्रम संयोजक:- शुष्मा श्रेष्ठ क्याटलग डिजाइनर सुदन कुमार सिंह , सम्पुर्ण सहयोगि सदस्यहरु , Sonja Art Galley , Hotel Arts Kathamandu ।

    अध्यक्ष :- किरण कुमार सिगु
    सचिव:- शुष्मा श्रेष्ठ

    Facebook Comments Box