• विष्णुमती करिडोरका अवैध संरचनामा टोखाको डोजर

    काठमाडौं, १ पुस

    टोखा नगरपालिकाले ग्राण्डी अस्पतालको पछाडि रहेको विष्णुमती करिडोर क्षेत्रका घर, टहरामा डोजर लगाएको छ । लामो समयदेखि व्यक्तिहरुले करिडोर क्षेत्रमा रहेका सरकारी जग्गा हडपेर घर टहरा बनाइ भाडामा लगाउँदै आएका थिए । नगरपालिकाले बारम्बार पत्र पठाएर खाली गर्न अनुरोध गर्दा पनि अटेर गरेपछि सोमबार बिहान २ वटा डोजर लगाइ भत्काइएको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले जानकारी दिए ।

    उनका अनुसार टोखाको मेरुदण्ड लाइफलाइन सडक निर्माणका लागि गत वर्षदेखि नै नयाँ बसपार्कदेखि बुढानिलकण्ठसम्म खोलाको दुबैतर्फ सार्वजनिक जग्गा तथा करिडोर मापदण्डमा परेका घर टहरा खाली गराउने लक्ष्यअनुसार सोही कार्यलाई निरन्तरता दिएको हो। नगरको सार्वजनिक जग्गा संरक्षण समितिको निर्णयअनुसार कुनैपनि सरकारी जग्गामा अनाधिकृत रुपमा बनेका घर टहरा पहिलो चरणमा विष्णुमती करिडोरमा खाली गराउन सुरु गरिएको र आगामी दिनमा अन्यत्र भएका सरकारी जग्गाहरु पनि नगरपालिकाको अधिनमा ल्याउने बिसीले बताए ।

    केही दिनअघि मात्र टोखा नगरपालिकाले नयाँबसपार्क क्षेत्रका अस्थायी ८२ टहराहरुमाथि डोजर लगाएर खाली गराएको थियो। सो स्थानमा अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यताले हरियाली पार्क बनाउन टेण्डर आह्वान गरिसकेको नगरपालिकाले जानकारी दिएको छ। टोखामा ग्राण्डी क्षेत्रका सार्वजनिक जग्गा र टोखा-९ को बसपार्क क्षेत्रका सार्वजनिक जग्गा संरक्षण गर्नु सामान्य चूनौतिको विषय होइन ।

    सार्वजनिक जग्गा संरक्षणमा टोखामा प्रमुख प्रशासकीय अधिकृत आएपश्चात जनप्रतिनिधिहरुको पहिल्यै देखिको योजनाअनुसारको कार्यले प्राथमिकतामा साथ लागु गरिएको थियो। त्यस्तै नदी तथा वातावरण सफाइ र राजश्व संकलनमा पनि नगरपालिकाले प्राथमिकता दिँदै आएको छ।

    सोमवार घर टहरा हटाउने कार्यमा उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, वडा नं. २, ३, ८, ९ र ११ का वडाअध्यक्षहरु, वडासदस्यहरु, नगर प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुको बाक्लो सहभागिता रहेको थियो ।

    Facebook Comments Box