टोखा, पुस १४ । बाल प्रेमी खेलकुद मण्डल क्लवले आयोजना गरेको प्रथम महिला तथा पुरुष खुल्ला सेपाक ताक्रो प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ त्रिभुवन आर्मी क्लवले जितेको छ ।
शुक्रबार र शनिबार टोखा-३ स्थित सरस्वती चौरमा आयोजना भएको प्रतियोगितामा महिलातर्फ त्रिभुवन आर्मी क्लवको “ए” बिजेता बन्दा त्रिभुवन आर्मी क्लवको “बी” समुह द्वितीय भयो । यस्तै बालप्रेमी खेलकुद मण्डल क्लव तृतीय भएको थियो ।
यसैगरी पुरुषतर्फ त्रिभुवन आर्मी क्लवको “ए” बिजेता बन्दा त्रिभुवन आर्मी क्लवको “बी” समुह द्वितीय भयो । भने बालप्रेमी खेलकुद मण्डल क्लव तृतीय भएको थियो ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लवको “ए” का लागि महिलातर्फ चन्दा चौधरी, ईनु चौधरी र भावेसरा ढकालले प्रतियोगिताको प्रथम उपाधि दिलाए । भने त्रिभुवन आर्मी क्लवको “ए” का लागि पुरुषतर्फ उमेश बहादुर महोत्व, दिपेशजंङ्ग थापा र सजित धिमालले प्रथम उपाधि दिलाए । त्रिभुवन आर्मी क्लवको “ए” की चन्दा चौधरी र बालप्रेमी खेलकुद मण्डल क्लवका रोशन तामाङ्ग प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्न सफल भए ।
प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ९ टिमले सहभागिता जनाएको क्लवका कोषाध्यक्ष रविना श्रेष्ठले बताए । प्रथम, द्धितिय र तृतिय हुन सफल टिमले क्रमश २० हजार, १५ हजार र १० हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पारे ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष रमेश डंगोलले टोखा नगरपालिका-३ ले खेल क्षेत्रमा समेत आफ्नो सक्रियता बढाउन थालेको जनाए । जसका लागि युवा तथा विद्यार्थी लक्षित खेलकुद प्रतियोगिताको आयोजना गर्ने गरेको छ । वडाले यस आर्थिक वर्ष २०८१/०८२ मा ३ वडामा रहेका क्लवहरुलाई खेलकुद कार्यक्रमको आयोजना गर्न २/२ लाखको बजेट छुट्याएको बताए । सेपाक ताक्रो खेलमा टोखाका चेलीहरुले अन्तराष्ट्रीय स्तरमा खेलेर देशको लागि स्वर्ण पदक जितेकोमा गौरव भएको भन्दै नयाँ तथा हाल खेल्दै गरेका खेलाडिहरुको क्षमता वृद्धी गर्ने कार्यमा टोखा नगरपालिका-३ सदैव तयार भएको बताए ।
पछिल्लो समयमा निकै नै युवा पुस्ताहरुमा लोकप्रीय बन्दै गएको सेपाक ताक्रो खेल भविष्यमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा खेलाडी उत्पादन गर्न सघाउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष राम डंगोलले खुलाए ।
बालप्रेमी खेलकुद मण्डलले आयोजना गरेको प्रतियोगिताको समुद्घाटन समारोहको शुक्रबार टोखा नगरपलिका ३ वडा कार्यालयका कार्यवहाक तथा वडा सदस्य हरिकृष्ण श्रेष्ठले उद्घाटन गरेका थिए । जसमा टोखा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत खगेन्द्र सिं धामी, नेकपा एमाले टोखा ३ का अध्यक्ष सुर्यमान डंगोल क्लवका संस्थापक अध्यक्ष गजराज श्रेष्ठ लगाएको उपस्थिति थियो । भने शनिबार पुरस्कार वितरण कार्यक्रमको उद्घाटन टोखा नगरपलिका ३ वडा कार्यालयका अध्यक्ष रमेश डंगोलले गरेका थिए ।
क्लवका अध्यक्ष राम डंगोलको सभाध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा टोखा नगरपालिका-३ की शान्ता राई, वडासदस्य हरिकृष्ण श्रेष्ठ, टोखा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम गौतम,नेकपा एमाले टोखा ३ का अध्यक्ष सुर्यमान डंगोल, क्लवका संस्थापक अध्यक्ष गजराज श्रेष्ठ, उपाध्यक्ष बाबुलाल डंगोल, नेपाल सेपाक ताक्रो संघका केन्द्रीय अध्यक्ष धन बहादुर राई लगायतको उपस्थित रहेको थियो ।