• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२२ फाल्गुन २०७८, आईतवार


    बिज्ञापन
  • नेपाली काँग्रेस बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न

    काठमाडौँ । नेपाली काँग्रेसको टोखा नगरपालिका २ वडा कार्य समितिको आयोजनामा बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाश शरण महतको प्रमुख आतिथ्यमा टोखा स्थित बि.एल.भ्वोछेँमा बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न भएको हो ।

     

    प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका प्रवक्ता प्रकाश शरण महतले नेपाली काँग्रेस भाषण मात्र गर्ने पार्टी नभै काम गरेर देखाउने पार्टी भएको भन्दै कम्यूनिष्ट पार्टीहरु कुरामा मात्र राष्ट्रबाद गर्ने तर व्यवहारमा लम्पसारबादी चरित्रको भएको आरोप लगाए ।

    उनले बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीले घरघर जाऔँ काँग्रेस जिताऔँ अभियान फागुन २७ गतेदेखि शुरु हुने भन्दै आगामी निर्वाचन केन्द्रीत भएर अगाडि बढ्न  नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । महतले पार्टीले तोकेका सबै कामहरु गर्न र स्थानीय तहको निवार्चनमा लाग्न समेत सबैलाई आग्रह गरे ।

     

    महतले  एमसीसी देशको सडक र विधुत प्रसारणलाइन निर्माणको लागि आएको अनुदान भएको भन्दै यसले देशको विकासमा महत्वपुर्ण योग्दान पुर्‍याउने बताएका छन् । उनले बाहिर नकरात्मक भ्रम फैलाइरहेको भन्दै यो नेपालको कानुन भन्दा माथि नरहेको समेत जिकिर गरे ।

     

    टोखा नगरपालिका २ वडा कार्यसमितिका सभापति हेराकाजी डंगोलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा टोल समितिका संयोजकहरुलाई बधाई तथा शुभकामना पत्र प्रदान गरिएको थियो ।  टोखा २ वडामा यलाग, थलाग, तोथिलाग, तलेजु क्वाखल, इको, चण्डेश्वरी, सपनातीर्थ, भिल्ली, कपिण्डोल र वटुवलि उराङ्ग टोल समिति गरी १० वटा टोल समिसि गठन गरिएको छ ।

     

    शनिवार सम्पन्न प्रशिक्षणमा कार्यक्रममा विशेष अतिथि क्षेत्र नं ५ का पूर्व सांसद तथा कानुन मन्त्री नरहरी आचार्य, क्षेत्रीय सभापति श्याम बहादुर खड्का, प्रदेश क/ख सभापति राजु खड्का, काठमाडौँ जिल्ला उपसभापति गोकर्ण केसि, टोखा नगर सभापति ओम कृष्ण विमली, महाधिवेशन प्रतिनिधिहरु, क्षेत्रीय प्रतिनिधिहरु, जिल्ला सदस्यहरु, वडा सभापतिहरु लगायत थुप्रै नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box