• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१७ पुष २०८१, बुधबार


    बिज्ञापन

    तेस्रो टोखा युवा राष्ट्रिय खुल्ला र्‍यापिड चेस प्रतियोगिता हुने

    टोखा टाइम्स, १७ पुस । टोखामा ‘तेस्रो टोखा युवा राष्ट्रिय खुल्ला र्‍यापिड चेस प्रतियोगिता’ हुने भएको छ । टोखा युवा क्लवको आयोजनामा तथा टोखा नगरपालिका-३ वडा कार्यालय र टोखा युवा बहुउद्देश्शीय सहकारी संस्था लिमिटेडको सहयोगमा पुस १९ र २० गते बुद्धिचाल प्रतियोगिता हुन लागेको हो ।

    सहभागी हुन चाहने खेलाडीले यही पुस १८ गतेसम्म नाम दर्ताको लागि महिला र १६ वर्ष भन्दा कम उमेरका खेलाडी लाई २५० र बाँकीको लागि ५०० रूपैयाँ शुल्कसहित दर्ता गर्न सकिने ब्यबस्था मिलाइएको क्लवका अध्यक्ष राजिव श्रेष्ठले जानकारी दिए ।

    काठमाडौं जिल्ला बुद्धिचाल संघ र टोखा नगर बुद्धिचाल संघको प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगितामा विजयी हुनेलाई शिल्ड, मेडल, प्रमाण प्रत्र तथा नगद पुरस्कारबाट सम्मान गरिने श्रेष्ठले बताए ।

    खेलाडीहरूको सुबिधाका लागि यसपालि बस्न र खानको व्यवस्था समेत रहने उनले जानकारी दिए ।

    प्रतियोगिता टोखा नगरपालिका ३ नम्वर वडा कार्यालय सभाहलमा पुस १९ गते १० बजेदेखि हुनेछ ।

    (नाम दर्ताको लागि सम्पर्क नम्बरहरु ९८४१४०८५६७, ९८४९०८०१३४, ९८४९११४९१३)

    Facebook Comments Box